back
NMB ad

भारतीय क्रिकेट टिमका प्रशिक्षकमा रवि शास्त्री

Kumari bank ad

भारतीय क्रिकेट टिमका पूर्व अलराउन्डर रवि शास्त्री मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । उनी सन् २०१९ को विश्वकपसम्म भारतीय टिमका मुख्य प्रशिक्षक रहने छन् ।

यसैगरी जाहिर खान बलिङ र राहुल द्रविड ब्याटिङ प्रशिक्षकमा रुपमा रहने छन् । च्याम्पियन्स ट्रफिमा हारेपछि प्रशिक्षक अनिल कुम्बलेले राजीनामा दिएपछि नयाँ प्रशिक्षकबारे बहस सुरु भएको थियो । मंगलबार राति रवि शास्त्रीलाई प्रशिक्षकको जिम्मेवारी दिइएको हो । उनीसँगै पाँचजना प्रशिक्षकको लागि छनौटमा समावेश थिए । जसमा विरेन्द्र सेहवाग, टम मुड्डी, रिचार्ड पेयवस र लालचन्द राजपुत रहेका थिए ।

५५ वर्षका शास्त्रीले भारतबाट ८० टेष्ट र १ सय ५० एक दिवसीय खेलेका छन् । उनले टेष्टमा ३ हजार ८ सय ३० रन हानेका छन् । १ सय ५१ विकेट लिएका छन् । यस्तै एक दिवसीयमा ३ हजार १ सय ८ रन बनाउनुका साथै १ सय २९ विकेट लिएका छन् ।

उनी सन् २०१४ देखि १६ सम्म भारतीय टिमका डाइरेक्टरका रुपमा समेत रहेका थिए । विशेष गरी उनी सन् १९९५ देखि क्रिकेट कमेन्टेटरका रुपमा चिनिएका थिए । उनको भारतीय टिमका कप्तान विराट कोहलीसँग पनि राम्रो सम्बन्ध रहेका कारण प्रशिक्षणमा सहज हुने क्रिकेट विश्लेषकहरुको अनुमान छ ।

प्रकाशित मितिः२०७४ असार २३

वि.सं.२०७४ असार २८ बुधवार १७:४७ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...