back
NMB ad

छुट्टै माछा मन्त्रालय असम्भवः राज्यमन्त्री राधिका

Kumari bank ad

काठमाडौ। कृषि राज्यमन्त्री राधिका तामाङले छुट्टै माछा मन्त्रालय स्थापना गर्ने माछा व्यवसायीको माग पूरा गर्न नसकिने बताएकी छिन् ।

काठमाडौँको भृकुटीमण्डपमा बिहिबारदेखि सुरु भएको तेस्रो राष्ट्रि«य माछा महोत्सवको उद्घाटन गर्दै मन्त्री तामाङले छुट्टै मन्त्रालय स्थापना गर्न नसकिने बताइन् । माछापालन सम्बन्धि तीनवटा स्मारिका विमोचन गर्दै उनले यसको व्यवसायीकरण जोड दिईन्

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कृषि संयोजक दिलसुन्दर श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्ने मुख्य आधार मत्स्यपालन भएको बताए ।
महोत्सवमा माछासँग सम्बन्धित उपकरण, दाना, औषधि, सरकारी तथा गैरसरकारी संस्था एवम् अन्य कृषिउपजका गरी ४० वटा स्टल राखिएका छन् ।

मत्स्य व्यवसायी सङ्घले आयोजना गरेको महोत्सवमा पङ्गासिएस, कार्प, रहु, नैनी, भाकुर, र कमन, सिल्भर, विगहेड, र ग्रासकार्पलगायत विदेशी प्रजातिका जिउँदा माछाको बिक्री तथा माछाका विभिन्न परिकार खान पाइने छ । महोत्सवमा माछा नखानेलाई रु १०० र परिकारको स्वाद लिनेलाई रु २५० प्रवेश शुल्क तोकिएको छ ।

प्रकाशित मितिः २०७३ मंसिर ९

वि.सं.२०७३ मंसिर ९ बिहीवार १८:५२ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...