back
NMB ad

प्रचण्ड देशद्रोही सावित हुने :  बिजुक्छें

Kumari bank ad

भक्तपुर, १ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले प्रचण्ड छिट्टै देशद्रोही सावित हुने बताएका छन् ।
रफत सञ्चार क्लबले सोमबार गरेको साक्षत्कार कार्यक्रममा बोल्दै बिजुक्छेंले तथाकथित जनयुद्धमा भारतले गरेको सहयोग वर्तमान परिस्थिति ल्याउनकै लागि भएको र माओबादीका नेताहरुले भारतको कठपुतलीको काम गरेको आरोप लगाउँदै भारतले आफ्नो आवश्यकता पुरा गरिसकेकाले अव प्रचण्डलाई रुखको बोक्रा फाले सरी फाल्ने बताए ।
प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरका रुपमा अघि सार्दै आफूले बिगतका गल्ती सुधार गर्ने योजनामा रहेको र केही महिनाभित्रै सत्ताको नयाँ समिकरण देखिने भन्दै उनले प्रचण्डलाई काँग्रेसले फाल्तु जोकरको बनाएको बताए ।
तोकिएको समयमा निवार्चन गर्न सरकार नै नलागेको भन्दै बिजुक्छेंले निर्वाचन आयोगले सरकारले नै सहयोग नगरिरहेको बताएको सबैका अघि स्पष्ट भएकाले निर्वाचन तोकिएको समयमा नहुने बताए ।
नेपालका लागि चीनियाँ राष्ट्रपतिको भ्रमण पर्यटकका रुपमा नहुने भएकाले र भारतले समेत नेपालमा चीनियाँ राष्ट्रपतिको भ्रमणमा अदृश्य हस्तक्षेप गरेको भन्दै यस्तै वाताबरणमा चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असम्भव रहेको बताए ।
संयुक्त बत्तब्यले भारतले नेपाललाई भुटान बनाउन खोजेको भन्दै बिजुक्छेंले भारतले अव हरेक अन्तराष्ट्रिय सम्बन्धमा आफूलाई अवगत गराएर मात्र अघि बढ्न दिने वातावरण बनाएको र त्यसलाई समर्थन गर्न प्रचण्ड नेतृत्वको सरकराले भूमिका खेलेको बताए ।
इतिहासमै नेपाल सरकारको कुटनीतिक पक्ष कमजोर रहेको भन्दै बिजुक्छेेंले कुटनीतिक पक्षलाई सवल पार्न नसके अन्तराष्ट्रिय पक्षको सहयोग र समर्थन गुमाउन सक्ने अवस्थाको श्रृजना हुन सक्ने र यसले नेपाललाई नै हानी हुने उनले बताए ।
संबिधान संसोधन गरी मधेश आन्दोनका गलत माग सम्बोधन गर्ने तर्फ सरकार अघि बढे नेपाल र नेपालीको अस्तित्व खतरामा पर्ने औंल्याउँदै बिजुक्छेंले गलत माग सम्बोधन भए नेपाली नागरिक नै अल्पमतमा पर्ने बताए ।

वि.सं.२०७३ कात्तिक १ सोमवार १४:१७ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...