back
NMB ad

लौ हेर्नुहोस्,जलयात्रा गर्ने पर्यटकलाई शौचालय नभएर बिजोग !

Kumari bank ad

पर्वत। कालीगण्डकी नदीमा जलयात्राको मज्जा लिन बर्सेनि हजारौँ विदेशी पर्यटक आउँछन् ।

जिल्ला विकास समिति पर्वतले जलयात्राका लागि आउने ती पर्यटकबाट कर असुली गर्दै आएको छ । तर, जलयात्रा सुरु हुने स्थलमा व्यवस्थित शौचालयको अभाव हुँदा विदेशी पर्यटकले असन्तुष्टि जनाएका छन् ।

कालीगण्डकीमा पर्वतको पाङस्थित नयाँपुलबाट जलयात्रा यात्रा सुरु हुन्छ तर, त्यहाँ वनभोजमा आउने समूहले अत्यधिक फोहर छाड्ने गरेका छन् । “जथाभावी फोहरले दुःखी बनायो” इजरायली नागरिक असाफ अलोनीले भने । “अब आउनेले यस्तो देख्न नपरोस् ।”

उनले फोहरसँगै व्यवस्थित शौचालय र पिउने पानीको अभाव भएको पनि बताए । असाफजस्तै अन्य पर्यटकले पनि जथाभावी फोहर र शौचालय नभएकोमा दुःख मनाउ गरेका छन् । रिभर गाइड ज्ञानु तिवारीले जलयात्रा गर्नुपूर्व तयारी गर्ने नयाँपुलमा शौचालय र खानेपानीको निकै समस्या भएको गुनासो गरे । “शौचालय र खानेपानीको व्यवस्थापन आवश्यक छ,” उनले भने ।

जिल्ला विकास समितिले जलयात्रा व्यवसायीबाट कर उठाए पनि देखिएका समस्या समाधान गर्न चासो नदेखाएको उनको भनाइ छ । “कालीगण्डकीमा जलयात्रा पर्वतकै पहिचान हो भनेर सम्बन्धित निकायले चासो देखाए राम्रो हुने थियो,” तिवारीले भने । शौचालय अभावले पर्यटक पाखो क्षेत्रमा जान बाध्य छन् ।

जलयात्रा सुरु हुने नयाँ पुलमा वनभोजका लागि जिल्लाको कुश्मा, बागलुङ र बेनीसम्मका विभिन्न समूह आउने गरेका छन् । वनभोजमा मनोरञ्जन लिन आउनेहरुले फोहर त्यसै छाड्ने गरेका छन् ।

प्रकाशित मितिः २०७३ म्रसिर २

वि.सं.२०७३ मंसिर २ बिहीवार १७:५५ मा प्रकाशित

You can share this post!

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

नेपालगञ्जमा आइपिओ बेच्नेको घुइँचो   

वि.सं.२०८० चैत १५ बिहीवार १४:०८

नेपालगञ्ज १५ चैत : केही महिनादेखि ओरालो लागेको शेयर बजारमा...

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

बुट्टारमा विद्युत् उत्पादन रोक्न मागसहित सर्वाेच्च अदालतमा रिट दायर

वि.सं.२०८० चैत १५ बिहीवार १४:०२

काठमाडौँ, १५ चैत : त्रिशूली नदीको बुट्टारमा सुपर त्रिशूली हाइड्रोपावर...

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८० चैत १५ बिहीवार १३:५२

वीरगञ्ज (पर्सा), १५ चैत : मुलुककै मुख्य व्यापारिक नाका वीरगञ्ज...

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल रद्द   

वि.सं.२०८० चैत १५ बिहीवार १३:२४

काठमाडौँ, १५ चैत : नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीचको खेल...

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सिइओमा माधव प्रसाद उपाध्याय नियुक्त

वि.सं.२०८० चैत १५ बिहीवार १३:१६

काठमाडौं । गरिमा विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा...

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसी बिच समझदारी

वि.सं.२०८० चैत १५ बिहीवार १३:०३

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र विश्व बैंक समूहको...