काठमाडौ। नेपाली कांग्रेसले बाढीपहिरो पीडितलाई सबै सांसदबाट एक महिनाको तलब दिने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा बालुवाटारमा आइतबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कांग्रेसका २ सय ७ सांसद छन् । बैठकमा सदस्यहरूले बाढीपीडितको राहत तथा उद्धारमा तत्काल अल्पकालीन र दीर्घकालीन कार्यक्रम ल्याउन सरकारलाई आग्रह गरेका छन् ।
प्रकाशित मितिः२०७४ साउन ३०
वि.सं.२०७४ साउन ३० सोमवार ०७:३३ मा प्रकाशित