back
NMB ad

अब कहिलेदेखि पर्छ पानी?

Kumari bank ad

काठमाडौ। सामान्य अवस्थाभन्दा केही दिन ढिलोगरी सुरु भएको यो वर्षको मनसुन अझै सक्रिय हुन सकेको छैन । गत जेठ २९ गते (१२ जुन) बाट नेपालको पूर्वी भागमा प्रवेश गरेको मनसुन पूर्णरुपमा सक्रिय हुन नसक्दा वर्षा राम्रो हुन सकेको छैन । असारको मुखमा वर्षा नहुँदा रोपाइँ गर्न नपाएर किसान खिन्न छन् । केही दिनयता मौसममा फेरबदल भइरहे पनि पर्याप्त वर्षा हुन सकिरहेको छैन् ।

मनसुनको आगमन पूर्वमा कमजोर तरिकाले आएको हुँदा यो सक्रिय हुन नसकेको मौसमविद् सुवास रिमालले जानकारी दिए । “मनसुनी वर्षा राम्रो हुनका लागि पश्चिमी वायुको प्रभाव कम हुनुपर्छ तर यो वायु अझै पनि रहिरहेको छ, मनसुनी वायुले पश्चिमी वायुलाई धकेलेर सिथिल पार्ने कार्य सोचेजस्तो भएको छैन” – उनले भने ।

मनसुनी वायु क्रमिक रुपमा बढ्दै गएकाले शनिबार र आइतबारदेखि मध्य र पश्चिमी भेगमा अझ बढ्ने र देशका धेरै स्थानमा वर्षा हुने उनको भनाइ छ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भागमा मनसुन प्रवेश गरेको भए पनि मनसुन पू्र्णरूपमा सक्रिय हुन र देशका बाँकी भागमा फैलन अझै केही दिन लाग्ने अनुमान गरेको छ ।

नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । यस आधारमा यो वर्षको मनसुन दुई दिन ढिला गरी सुरु भएको छ । नेपालमा साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८०५ वर्षा हुनेगर्छ । सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९०५ देखि ११०५ सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सोभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून वा अधिक वर्षा भएको मनिन्छ ।

मनसुन अरविक भाषा मौसिमबाट आएको हो । यसको अर्थ ‘रिभर्सल अव विण्ड’ हुन्छ । मनसुन हुनुभन्दा पहिला नेपालमा वायु पश्चिमबाट पूर्वतिर बहन्छ ।

मनसुनी सुरु भए पनि पानी नपरेको जिज्ञासा विभागमा धेरै आइरहेकाले मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गतिलिने क्रममा रहेकाले अब वर्षा हुनेहुँदा चिन्ता नगर्न किसानलाई मौसमविद्ले आग्रह गरेका छन् ।

मनसुनी वायु क्रमिक रुपमा पश्चिमतर्फ सर्दै विस्तारै गति लिने क्रममा रहेको छ ।

भारतमा सामान्यभन्दा अघि मनसुन आएको थियो । यहाँ (नेपाल) पनि चाँडै आउने अनुमान गरिएको थियो, तर त्यसको ठीक उल्टो केही दिन ढिलागरी मनसुन प्रवेश गरेको छ ।

मनसुन ढिलो प्रवेश गरी सक्रिय बन्न नसकेको भए पनि वायुमण्डलको वातावरण धेरै राम्रो रहेकाले आगामी दिनमा वर्षा हुने वरिष्ठ मौसमविद् राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार एक साताअघि बङ्गालको खाडीमा न्यूनचाँपीय क्षेत्र कडा भएकाले बढी पानी प¥यो जसका कारण नेपालमा मनसुन शक्ति कमजोर पा¥यो । अझै दुई÷चार दिन फाटफुटबाहेक पर्याप्त वर्षा हुने नदेखिएको र काठमाडौँ उपत्यकामा अझै केही दिन अहिलेकै अवस्थामा रहने मौसमविद् श्रेष्ठले जानकारी दिए । रासस

प्रकाशित मितिः २०७४ असार २

वि.सं.२०७४ असार २ शुक्रवार १७:५३ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...