back
NMB ad

एकैचोटि हाईड्रोको २८०० कित्ता साधारण सेयर लिने बाटो आजबाट खुल्यो !

Kumari bank ad

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज अर्थात जेठ २५ गते देखि आयोजना प्रभावित स्थानीयबासीका लागि सेयर निष्काशन गरेको छ । छिटोमा असार ३ र ढिलोमा असार २३ गते निष्काशन बन्द हुने सेयरमा सिभिल बैंकको फिदिम र थर्पु शाखा, माछापुच्छ्रे बैंक फिदिम, एनआइसी एसिया बैंक फिदिम एवं एनएमबि बैंकको फिदिम र ताप्लेजुङ शाखामा आवेदन दिन सकिनेछ । एक जनाले न्यूनतम ५० कित्ता देखि अधिकतम २८०० कित्तासम्म आवेदन दिन सक्ने कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रवन्धक एस क्यापिटल लिमिटेडले जनाएको छ ।

कम्पनीले पहिलो चरणमा स्थानीय वासिन्दाका लागि एक सय रुपैयाँ अंकित मूल्यमा पाँच करोड ६० लाख रुपैयाँ बराबरको पाँच लाख ६० हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये, दुई लाख २४ हजार कित्ता प्रत्यक्ष प्रभावित पाँचथरको थर्पु र ताप्लेजुङको साब्लाखु गाविसका स्थानीयलाई छुट्याइएको छ भने बाँकी तीन लाख ३६ हजार कित्तामा पाँचथर र ताप्लेजुङका सबै सर्वसाधारणले आवेदन दिन पाउनेछन् । स्थानीयका लागि उक्त १० प्रतिशत सेयर जारी गरिसकेपछि कम्पनीले सर्वसाधारणका लागि १५ प्रतिशत सेयर जारी गर्नेछ ।

लगानीकर्ताले यो आइपीओमा न्यूनतम ५० देखि अधिकतम २८ सय कित्तासम्म आवेदन दिन सक्नेछन् ।

रैराङले पाँचथर र ताप्लेजुङको सिमा क्षेत्रमा ९.९ मेगावाटको इवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आउँदो माघसम्ममा विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मितिः २०७४ जेठ २५

वि.सं.२०७४ जेठ २५ बिहीवार १२:०३ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...