back
NMB ad

तयार हुनुहोस्, हाइड्रोपावरले जारी गर्दैछ १४ लाख कित्ता सेयर !

Kumari bank ad
काठमाण्डौं । रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले १४ लाख कित्ता प्राथमिक सेयर (आइपिओ) जारी गर्ने भएको छ ।कम्पनीले स्थानीयबासीको लागि ५ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्ने भएको हो ।
रैराङ हाइड्रो पावरले एक सय रुपैयाँ अंकित दरको १४ करोड रुपैयाँ बराबरको १४ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । यसका लागि कम्पनीले एस क्यापिटल लिमिटेडसँग सेयर निष्काशन सम्झौता गरेको छ ।
सेयर निष्कासन सम्बन्धी सम्झौतामा एस क्यापिटलको तर्फबाट प्रबन्ध संचालक पुर्णचन्द्र दहाल र रैराङ हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको तर्फबाट कार्यकारी प्रमुख गुरुप्रसाद न्यौपानेले हस्ताक्षर गरेका छन् ।
रैराङ हाइड्रो अरूणभ्यालीकै सहायक कम्पनी हो । यो कम्पनीले ९ दशमलव ९ मेगावाटको इवाखोला जलविद्युत् आयोजना निमार्ण गर्देछ । २०७३ को अन्त्यसम्ममा यो आयोजनाको निर्माण पूरा गर्ने लक्ष्य कम्पनीको छ ।
२५ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन २५ मंगलवार १०:०० मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...