back
NMB ad

भारतीय नोट २५,००० भन्दा बढि सटही गर्न सकिन्न,हेर्नुहोस् बैंक/वित्तीय संस्थाको हकमा के हुन्छ ?

Kumari bank ad

बैंक वित्तिय संस्था र मनिचेन्जरले अर्काे व्यवस्था नभएसम्मका लागि भारतीय ५०० र १००० रुपैंया सटही नगर्नु/नगराउनु

भारतमा ठूला दरका अर्थात् ५०० र १,००० दरका नोटहरु चलनचल्तीबाट हटाउने घोषणा सँगै नेपालमा पनि सोही दरका भारतीय मुद्राको चलनचल्तीको निर्णय लिन गभर्नरको अध्यक्षतामा बैठक बस्यो । बैठकपश्चात नेपाल राष्ट्र बैंकबाट सटहीका लागि इजाजत लिएका बैंक तथा वित्तिय संस्था, मनिचेन्जरहरुलाई बिहान १० बजे सर्कुलर गरेर अबदेखि बैंक वित्तिय संस्था वा मनि चेन्जरहरुले भारतीय ५०० र १,००० रुपैंयालाई अर्काे व्यवस्था नभएसम्मका लागि सटही नगर्नु÷नगराउनु भन्ने सूचना जारी गरिएको छ ।

भारतीय निर्णय राष्ट्र बैंकले अपेक्षा गरेको थिएन

नेपाल राष्ट्र बैंकले भ्रमणको लागि प्रयोग गर्न र भारत जाँदा वस्तु तथा सेवा खरिदमा सजिलो हुन्छ भनेर ५०० र १,००० को भारतीय मुद्रा प्रयोगमा ल्याईएको हो । अहिले भारतले गरेको पछिल्लो निर्णय राष्ट्र बैंकले अपेक्षा गरेको थिएन, अनपेक्षित नै रह्यो । त्यहि सन्दर्भमा अकस्मात बैठक बसेर अब भारतीय रिजर्ब बैंक (आरबीआई) ले गर्ने निर्णय सँगसँगै हाम्रो निर्णय र हाम्रो नीति पनि त्यहि अनुसार अगाडि जान्छ ।

भारतीय सूचना अनुसार अगाडि बढ्ने कुरा हुन्छ

नेपाल राष्ट्र बैंक आरबीआईसँग सम्पर्कमा मा नै छ । गभर्नरले हिजो पनि भारतीय गभर्नर र डेपुटी गभर्नर लगायत भारतीय राजदूत मार्फत पनि यस विषयमा कुरा गरिसक्नुभएको छ । विभिन्न प्रयासहरु भएका छन् । भारतको अर्थमन्त्रालयको प्रेस विज्ञप्ती, त्यहाँ गरिएका अरु घोषणा र भारतीय रिजर्ब बैंकको सूचनाअनुसार नै अगाडि बढ्ने नीति लिएका छौं ।

दिर्घकालका लागि यसले नेपाली अर्थतन्त्रमा असर गर्दैन

यसले अल्पकालिन र दिर्घकालिनरुपमा केहि प्रभाव त पर्दछ । भारतसँग हाम्रो कारोबार, नेपालीहरु काम गर्न जाने, धार्मिक सन्दर्भ र उपचारमा नेपाल भारतमा नियमित आवत जावतका कारण नेपालीहरुले भारतीय रुपैंया होल्ड गरेर बसेका पनि हुने कारण अरु बिदेशी मुद्राको तुलनामा यसमा सटहीमा सहज गरेका थियौं ।
बैंकमा २५ हजार सम्म परिचय पत्र हेरेर सटही गर्ने र कसैको निवेदनका आधारमा मात्रै पनि ४/५ हजार दिने व्यवस्था गरिएको थियो । तत्कालका लागि यसलाई सटही बन्देज गरेका छौं । तत्कालमा यसले समस्या पार्न सक्छ । दिर्घकालिनरुपमा यसले अर्थतन्त्रमा असर गर्दैन । त्यहि रुपैंया नभएपनि अर्काे फरक नोट त आईहाल्छन् ।

२५,००० सम्मको ५०० र १००० को भारतीय नोट लिनसक्ने व्यवस्था  

अहिले बुझ्नुपर्ने कुरा के छ भने भारतीय सबै रुपैंयाको पूर्ण प्रतिबन्ध होईन । मात्र ५०० र १,००० को सटहीमा प्रतिबन्ध हो । इतिहाँसको कुरा गर्ने हो भने २०२३ साल पछाडि मात्रै एकल मुद्राकोरुपमा नेपाली मुद्रा मात्रै चलनचल्तीमा आयो । चलनचल्तीमा भारतीय रुपैंया पूर्ण प्रतिबन्ध लाग्यो । तरपनि सम्बन्धका आधारमा भारतीय रुपैंया चलनचल्तीमा आईरहेका थिए । पछि २०५१ साल यता आएर ५०० र १,००० को भारतीय नोट पूर्णत प्रतिबन्ध थियो । पछि २०७१ फागुनपछि पुनः ५०० र १,००० को भारतीय नोट आँशिकरुपमा खुल्ला भयो । त्यहाँको सरकारले निर्णय गर्यो र आरबिआई सोहिअनुसारको सूचना पठाईसकेपछि हामीले भारतको स्विकृतिअनुसार नै काम गरेको हो । नेपाल आउने भारतीय पर्यटक र नेपालबाट भारत जानेले २५,००० सम्मको ५०० र १,००० को नोट साट्नसक्ने व्यवस्था गरियो । सटहीको आवश्यक परेमात्र गर्नु भनिएको हो ।

बैंक, वित्तिय संस्था र मनिचेञ्जरको स्टकको रकम साटिन्छ

राष्ट्र बैंक, बिभिन्न बैंक वित्तिय संस्था र अरु इजाजतप्राप्त मनि चेञ्जरको हकमा कुरा गर्ने हो भने भारतको निर्णय भन्दा अगाडिको ब्यवसायीक समयमा भएको स्टक(मौज्दात) हामीले मागेका छौं । आरबीआईले पनि त्यो स्टक मागेको छ । अब यो स्टकको कुल रकम हामी आरबीआई लाई जानकारी गराउँछौं । त्यो हाम्रो खातामार्फत सटही हुन्छ र त्यसमा भारत सरकारले अनुमति दिन्छ । ९ तारिख बिहानसम्मको स्टकको रकम साटिन्छ । त्यो भन्दा पछिको कुरा भएन ।

भारत सरकारले ल्याएको नीतिलाई सहयोग गर्नु हाम्रो कर्तव्य

भारत सरकारले अबैधानिक र गैरकानुनी कारोबार नियन्त्रण गर्न ल्याएको निती भएको र त्यसलाई सहयोग गर्न हाम्रो पनि कर्तव्य भएको हुनाले हामीले गरेको व्यवस्था विपरित एवं त्यहाँको व्यवस्था प्रतिकुल नेपालमा कोहि व्यक्तिले लाखौं जम्मा गर्नुभएको छ भने त्यो सटही गर्न दिने कुरा आउँदैन । किनभने ५०० र १,००० को २५,००० सम्ममात्र सटही गर्न पाउने व्यवस्था छ । त्यो गर्न सकिन्छ । सर्वसाधारणको अरु कसैको अबैधानिक व्यापारलाई सम्बोधन गर्नुपर्छ भन्ने लाग्दैन ।

२५,००० भन्दा बढि सटही गर्नुपरेमा हामीले केहि गर्दैनौं

हामीले भारत सरकारकै स्विकृतिमा ५०० र १,००० को २५,००० सम्मको सटही सुबिधा खोलेको हो । सर्वसाधारणसँग रहेको ५०० र १,००० को नोट २५,००० सम्म कसरी साट्न सकिन्छ ? त्यसमा हामी लागिरहेका छौं । त्यो भन्दा बढिमा हामी जाँदैनौं ।

बोर्डर ट्रेडलाई असर गरेको हो भने गैरकानुनी कारोबारलाई असर गरेको हो, नियन्त्रण गर्नुपर्छ

सिमाक्षेत्रको व्यापार सुनसान भए भन्ने कुरा यो अतिरञ्जित गरिएका कुरामात्र हुन् । ५०० र १,००० को नोट खुल्ला गरेको जम्मा डेढ वर्ष मात्र भएको छ । त्यो भन्दा अगाडि अबैधानिक कारोबार हुन्थ्यो भन्ने सुन्नमा आउँथ्यो । त्यस्ता अबैंधानिक कारोबारलाई राष्ट्र बैंकले कहिले पनि सम्बोधन गर्दैन । यदि बोर्डर ट्रेडलाई असर गरेको हो भने गैरकानुनी कारोबारलाई असर गरेको हो । त्यस्ता कारोबार नियन्त्रण गर्नुपर्छ ।

औपचारिक माध्यमबाट बैधानिक कारोबार गर्नेहरु नआत्तिनुस् तपाईहरुको रकम सटहीको व्यवस्था हुन्छ

हाम्रो खुल्ला सिमानाका कारण भारतसँग लुकिछिपी व्यापार पनि थियो । त्यस्ता कुरालाई राज्यले निर्णय गर्नुपर्ने थियो । त्यसकारण यो निर्णयले सिमा र अबैधानिक व्यापार रोकिएको हो । अब बैधानिकरुपमा आउने र भारतसँग हुने आयात निर्यातलाई हामिले झन् फ्यासिलिटेट(सहज, सुबिधाजनक) गरेका छौं । बैंकिङ प्रणालीमार्फत हुने सबै कारोबारलाई पूर्णत सहज बनाएका छौं । हामीले त्यहि अनुरुप सुबिधा दिनेछौं । त्यसैले अबैधानिक कारोबार हुनुभएन । बैधानिक कारोबार गर्नुपर्यो । त्यसैले बैंधानिक कारोबार गर्न हामीलाई ठूलो असर छैन । अबैधानिक कारोबारलाई राज्यले सम्बोधन गर्नुपर्ने अवस्था छैन । औपचारिक माध्यमबाट बैधानिक कारोबार गर्नेहरु नआत्तिनुस् तपाईहरुको रकम सटहीको निर्णय राष्ट्र बैंकले गर्छ ।

(कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ कार्तिक २५

वि.सं.२०७३ कात्तिक २५ बिहीवार १५:०७ मा प्रकाशित

You can share this post!

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर तुल्सीपुरस्थित मालपोत कार्यालयमा

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१४

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले तुल्सीपुर उप–महानगरपालिका वडा नं....

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

कसरी गर्ने पदयात्राको तयारी ? थाहा पाउनुहोस् यस्ता टिप्स  

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:०८

रामबहादुर थापा गण्डकी, ७ वैशाखः पदयात्राका लागि नेपाल उत्कृष्ट गन्तव्यमा...