back
NMB ad

कांग्रेसले अझै आफूलाई नैतिकवान र लोकतन्त्रवादी भनेर कतिदिन ढाट्ने ?

Kumari bank ad

२०७४ साल असोज १७ गतेबाट नेपालमा बहसको एउटा विषय थपिएको छ । २००६ सालमा स्थापित भएको र पछि टुक्रा–टुक्रामा विभाजित भएको नेपालका बामपन्थी राजनैतिक पार्टीहरुले फेरी एक हुने जमर्को गरेका छन् । बाँडिएर आफ्नो–आफ्नो चुलो चौको बसाउँदा कमजोर भएको र दक्षिणपन्थीहरुले टाउको उठाउने ठाउँ पाएको बुझेर नै यो निर्णयमा पुगेको बुझ्न कठिन छैन । तालमेल तथा एकता तयारी घोषणा सभामा बोल्ने एमाले अध्यक्ष र माओवादी अध्यक्षले यो तालमेल कसैका विरmद्धमा छैन भने बाट आफुलाई लोकतन्त्रवादी भन्ने कुनै पनि शक्तिहरु नआत्तिनु पर्ने हो । तर आफूलाई लोकतन्त्रको ठेकेदार भन्ने नेपाली काङ्ग्रेसले बैठक नै बसेर यो तालमेललाई अलोकतान्त्रिक मात्रै भनेन नैतिकताको समेत प्रश्न उठायो । यहाँ विचार मिल्ने दलहरु एकीकृत हुन खोज्दा अलोकतान्त्रिक देख्ने नेपाली काङ्ग्रेस चाँहि कति नैतिकवान र लोकतान्त्रिक छ त ? भन्ने बारे बहस गर्न खोजिएको छ ।

१) नेपाली कांग्रेस आफूलाई राणा शासनको अन्त्य गरेको जस दिन्छ । आफुले आफैँलाई जस दिनु कत्तिको जायज हो त्यो बहसको विषय बन्ला तर राणा शासन विरmद्ध क्रान्ति गरेको पार्टी हो भनेर सबैले स्विकारेकै छन् । त्यही इतिहासको ब्याज खान खोज्दै उसले आजसम्म आफूलाई प्रजातान्त्रिक भनेको छ । त्यहाँ भन्दापछि नेपाली कांग्रेसको मुख्य विजनेस नै प्रजातन्त्रलाई मास्नु रह्यो । सबैतिर बाट शक्ति आर्जन गरेर शक्ति केन्द्रमा लगेर बुझाउने काम नेपाली कांग्रेसले गर्दै आएको छ । २००७ सालमा स्थापना भएको प्रजातन्त्रलाई २०१७ सालमा महेन्द्रका चरणकालमा लगेर बिसायो । राष्ट्रिय मेलमिलापका नाममा विरेन्द्र समक्ष पनि प्रजातन्त्र नै दान ग¥यो । वामपन्थीहरुका कारण घिसारिएर २०४६ को आन्दोलनमा सहभागी भएको नेपाली कांग्रेसले २०५२ मा तत्कालिन नेकपा माओवादीसँग निहुँ खोज्दै २०५८ मा त जननिर्वाचित निकाय नै ज्ञानेन्द्रका पाउमा पु¥याएको इतिहास आलै छ । त्यसैगरी २०६२/०६३ सालमा नेपाली जनताले प्राप्त गरको लोकतन्त्रलाई बेवि किंगका नाममा राजतन्त्रलाई ब्युँझाउने ठुलै प्रयास गरेको कसलाई थाहा छैन र ?

२) आफ्नो विधानले हैन देशकै संविधानले अब पनि अधिवेशन गरिनस भने विघटन हुन्छन् नभनेसम्म अधिवेशन गर्न नसक्ने नेपाली कांग्रेस कसरी लोकतान्त्रिक भयो । भोलिको पार्टी र मूलुक हाँक्ने नेता जन्माउने भातृ संगठनको त समयमा नै अधिवेशन गरी लोकतान्त्रिक चुनाव गराउँन नसक्ने÷नचाहने कांग्रेसले बाम तालमेल र एकता हुँदा लोकतन्त्रमा खतरा देखेछ, अनिष्ठको संकेत देखेछ । हालसम्म फुटाउ र शासन गरेको घटिया कोठे राजनिति भन्दा अरु नजानेको उसका लागि स्वस्थ प्रतिस्पर्धा पच्न सक्ने कुरै भएन ।

३) जोसुकै स्वघोषित राजनितिक विश्लेषकहरुले जस्तोसुकै विश्लेषण गरे पनि लोकतन्त्रलाई आफ्नो पार्टी जीवनमा पूर्ण प्रयोग गर्ने पहिलो दल नेकपा एमाले नै हो । आफ्नो आठौं महाधिवेशनबाट नै बहुपदीय प्रणालीलाई यो दलले अंगिकार मात्रै गरेन सबै पदहरुमा स्वस्थ प्रतिस्पर्धाद्धारा निर्वाचित गर्ने विधिको विकास ग¥यो । पार्टीका निर्णयहरुलाई विधि संगत ढंगले तल्लो निकाय सम्म पु¥याउने प्रणाली स्थापित गरेको छ । छलफल र निर्णय गर्ने निकायहरु विधानले नै व्यवस्था गरेको छ । राष्ट्रिय महाधिवेशन, केन्द्रिय कमिटी, पोलिटब्यूरो, स्थायी कमिटीमा आवश्यकता आधारमा छलफल हुन्छन् । यी सबै तहलाई विधानले स्पष्ट परिभाषित गरेको छ । तर यस्तो प्रणाली अंगिकार गरेको दललाई नेपाली कांग्रेस अलोकतान्त्रिक दल दख्छ । तर उ चाँहि बेलामा आफ्नो र भातृ संगठनको त अधिवेशन गर्न सक्दैन नै महामन्त्री र पार्टीको एकमात्र उपसभापति समेत टिका लगाएर पदपूर्ति गर्छ । केन्द्रिय सदस्यको निर्वाचनमा पराजित हुन्छन् अनि फेरी त्यही कमिटीमा टिकाको भरमा सदस्य हुन्छन् । अनि फेरि आफैं भन्छ नेपाली कांग्रेस सबैभन्दा लोकतान्त्रिक छ । यो जति हास्यास्पद तर्क के हुन्छ ? सुरा सुन्दरी, प्राडो र पजेरो काण्ड नेपाली कांग्रेसकै लोकतान्त्रिक सम्पति हुन । राष्ट्रिय सम्पतिहरुको निजिकरण गरी देशको अर्थतन्त्र व्यापारीको हातमा पु¥याउनु, छिमेकी मुलुकहरुसँगको व्यापार घाटा यो हदसम्म हुुनु, ३० लाख बढि युवाले विदेशमा पसिना बगाउन बाध्य हुनु कांग्रेसी लोकतन्त्रकै प्रतिफल हैन र ? यी सबै प्रतिफलको हकदार सबैभन्दा बढि शासन गर्ने दल नेपाली कांग्रेस नै हो ।

४) जहाँसम्म कांग्रेसले सत्ता साझेदार दल माथि नैतिकताको प्रश्न उठाउँदै लोकतन्त्र खतरामा परेको कुरा उठाएको छ यो कुरा उसकै विगतका आधारमा पनि तर्क संगत छैन । आफैले टाउकोको मोल तोकेका व्यक्तिलाई प्रधानमन्त्री बनाउने तिनै कांग्रेस सभापति हैनन् र ? फरक–फरक राजनितिक विचार बोकेका पार्टीहरुको गठबन्धन बनेर यहाँ भन्दा अगाडी कहिले सरकारको नेतृत्व नै गरेर त कहिले सहभागी भएर कांग्रेसले सरकार बनाएको छैन र ? ति नै कांग्रेसका सभापतिले भरतपुर महानगरपालिकामा पुगी सैद्धान्तिक आधारमा उसकै प्रमुख दुश्मन नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकार भित्रको हसिया हथौडामा भोट माग्दा कांग्रेसको लोकतन्त्र र नैतिकता अझै बाँकी छ र ? जनमत च्यातिदा चुँ सम्म गर्न नसक्ने कांग्रेसले अझै आफूलाई नैतिकवान र लोकतन्त्रवादी भनेर ढाट्ने ? २०७२ साल असोज ३ गते नेपालमा नयाँ संविधान जारी भएपछि भारतले नेपालमा ५ महिना लामो अघोषित नाकाबन्दी लगायो र पछि घोषित रुपमै फिर्ता लियो । नाकाबन्दीका विरmद्ध नेपाली जनता लडिरहेको बेला नेपाली कांग्रेस कुन दुलोभित्र लुकेर बसेको थियो ? बरm यो बेला केहि कांग्रेसी नेताहरुले यो नाकाबन्दी नै होइन भन्दै हिंडे । उसका कुनै पनि बैठकमा यो विषय छलफलको विषय नै बनेन । सहमतीय राजनितिको अन्त्य गरी सुशील कोइरालालाई के.पी ओलीको विरmद्धमा प्रधानमन्त्रिको उम्मेदवार बनाउने कांग्रेसले सहमतीय राजनिति र नैतिकताको प्रश्न अरुलाई सोध्ने की आफैँलाई ? नेपालले अपनाएको संसदीय लोकतान्त्रिक व्यवस्थामा व्यवस्थापिका, कार्यपालिका र न्यायपलिकाको सम्बन्धमा दरार सिर्जना गराई कार्यपालिकाले गरेका गलत क्रियाकलापमा प्रश्न उठाए वापत न्यायपालिकालाई कमजोर बनाउन प्रधानन्यायधीस माथि लगाएको महाअभियोग प्रस्ताव र आईजिपी प्रकरण सायद नेपाली कांग्रेसको नैतिकता भित्रै पर्दछ । उसका आँखामा यस्ता क्रियाकलापले चाँहि लोकतन्त्र सुरक्षित हुन्छन् ।

५) आज नेपाली कांग्रेस मुखले नआत्तिए पनि व्यवहारले राम्रैसँग अत्तालिएकै छ । उसका हरेक नेताहरुका बोली अब पराजित हुने नै भइयो भन्ने डरले अत्तालिएको बुझिन्छ । अब त उ कति अत्तालिसकेको छ भने राजा फर्काउने लक्ष्य बोकेको गणतन्त्र विरोधि राप्रपा, संविधान नै नस्विकार्ने राजपा समेतलाई समेटेर लोकतान्त्रिक मोर्चा बनाउने निर्णय गरेको छ र यो मोर्चाको मुख्य लक्ष्य बाम गठबन्धनलाई धक्का दिनु हो । यहाँ पनि कांग्रेसको नैतिकताको प्रश्न उठाउँँ की नउठाउँ ? के बाम गठबन्धनको जस्तै लोकतान्त्रिक गठबन्धनमा आवद्ध दलहरुको विचार, सिद्धान्त र लक्ष्य एउटै हो त ? कांग्रेस राजावादी भयो की राप्रपा गणतान्त्रिक भयो ? मधेसवादी राजपाले हाम्रो संविधान स्विकारी सक्यो की अब चाँहि कांग्रेसले अस्विकार गर्न थाल्यो ? वाम तालमेल भएर आउँदो चुनावमा आफ्नो अस्तित्व नै मेटिन सक्ने भयले कांग्रेसीजनको निद्रा हराम भएको छ । अनि ऊ भन्छ लोकतन्त्रमा खतरा भयो । के वाम गठबन्धनले जित्दा लोकतन्त्र रहदैँन ? नरहने भए विगतमा तिनैसँग किन घाँटी जोडेको ? लोकतन्त्र भनेको मुख चलाउनु मात्रै हो ? सायद कांग्रेसको लोकतन्त्रमा यति मात्रै पर्छ । वामपन्थीले जनताको लागि जीवनस्तरमा परिवर्तन ल्याउने लोकतन्त्र चाहेको हो । कांग्रेसको कथित लोकतन्त्रका लागि सदैव वामहरु टुटफुट र छिन्न भिन्न भइदिनु पर्ने ? कांग्रेसको लोकतन्त्रले भारतीय नाकाबन्दीमा चु–सम्म बोल्न दिएन । भारत नभई जीवित नै रहिदैन भन्ने दास मानसिकताका साथ हुर्केको कांग्रेसका लागि स्वतन्त्रता, स्वाभिमान र आत्मसम्मान पक्कै पनि धमिलो पानी हुन्छ । २०१५, २०४८ र २०५६ मा नेपाली जनताले स्पष्ट बहुमत दिएकै हुन् आखिर लोकतन्त्र किन सुदृढ हुन सकेन ? कुरो सफा छ कांग्रेस सिमित नेतृत्वका लागि मात्र लोकतन्त्र चाहन्छ । जनताका नाममा त राज्य सत्ता र शक्तिको दोहन मात्रै हो उसले जानेको । गणेशमान र कृष्ण प्रसाद भट्टराईले अपहेलित हुँदै पार्टी छोडेको हैनन र ? त्यस्तो दलले लोकतन्त्रको पाठ अरुलाई सिकाउने हैन आफैँले सिक्न अझै बाँकी छ ।

अन्त्यमा, यो गठबन्धनले कम्तिमा पनि ५ वर्ष स्थिर सरकार दिनेछ । जनताले जुन गठबन्धनलाई अनुमोदन गर्छन त्यहीँ गठबन्धनले ५ वर्ष बिना रोकतोक शासन गर्नेछ । त्यसैले कांग्रेसले उ जस्तै पुँजीवादी, राजावादी र हिन्दुवादी विचार बोकेका राजनैतिक दलहरुसँग तालमेल गरेर जनतामा गए भै हाल्यो नि ? अबका ५ वर्षमा यो बाम गठबन्धनका कारण समाजवाद आधारहरुको निर्माण हुनेछ र यो विकास सबै जनताकै लागि हुनेछ । केवल वामपन्थीका लागि मात्रै त हैन नि ? आज जन्मिएको बच्चाले ५ वर्षको हुँदा काठमाडौंमा मेट्रो रेल चढ्न पाओस, केरुङ– रसुवा– काठमाडौं–लुम्बिनी–पोखरा रेल चढेर नेपाली घुम्न पाउन, प्रतिव्यक्ति आयमा उल्लेख्य सुधार होस्, धनीहरु झन्–झन् धनी र गरिबहरु झन्–झन् गरिब हुँदै जाने परिपाटीको अन्त्य होस् त्यतातिर सोचाँैन । मुखैले लोकतन्त्रवादी कांग्रेसीजनको पनि भलो त्यसैमा छ ।

(लेखक नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका महासचिव हुन् ।)

प्रकाशित मितिः २०७४ असोज २५

वि.सं.२०७४ असोज २५ बुधवार १४:३६ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...