back
NMB ad

अर्थतन्त्रका प्रधानसम्पादक कार्कीलाई पुत्रशोक !

Kumari bank ad

काठमाडौं । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य एवं अर्थतन्त्र डटकम अनलाइनका प्रधान सम्पादक रामेश्वर कार्कीलाई पुत्र शोक परेको छ । शुक्रबार बेलुका धादिङबाट काठमाडौ फर्किने क्रममा काठमाडौको बाफलमा बाटो काट्ने क्रममा प्रधानसम्पादक कार्की, कार्कीकी श्रीमति सुभद्रा र उनको १० महिनाको छोरा सुलभलाई पानी ट्याँकरले ठक्कर दिएको थियो । ठक्करपछि कार्कीले काखमा बोकेको १० महिनाको कान्छाछोरा सुलभ भुईंमा पछारिन पुगेका थिए ।

दुर्घटना लगत्तै तीनैजनालाई मनमोहन मेमोरियल अस्पताल, स्वयम्भूमा उपचार गरिएको थियो । त्यसक्रममा छोरा शुलभलाई थप उपचार गराउन राति नै अन्तर्राष्ट्रिय बालमैत्री अस्पताल पुर्याईएको थियो । तर उपचारकैक्रममा शनिवार बिहान छोरा सुलभको निधन भएको थियो । ठक्कर दिने बा ३ ख ३००६ नम्बरको पानी ट्याँकर प्रहरी नियन्त्रणमा छ ।

यसैबीच नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेलाई पितृ शोक परेको छ । गाउँलेका बुवा देवीप्रसाद कोइरालाको सुमेरु अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

प्रकाशित मितिः २०७३ फागुन १४

वि.सं.२०७३ फागुन १४ शनिवार १४:२७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...