back
NMB ad

हामीले तिरेको कर हाम्रै व्यवसायीक हित र व्यवसायको विकासमा खर्च हुनुपर्यो

Kumari bank ad

नेपाल कपडा तथा सिलाई व्यवसायी संघको १६ औं वार्षिक साधारणसभा तथा नवौं अधिबेशन चैत ३० र ३१ गते काठमाडौमा हुँदैछ । यसै सन्दर्भमा संघका महासचिव रामकृष्ण श्रेष्ठसँगको कुराकानीको संपादित अंशः

पुख्र्याैली व्यवसाय भएपनि २०५२ देखि सिलाईसहित कपडा व्यवसायमा संलग्न छु

यो मेरो पुख्र्यौली व्यवसाय हो । बुबा÷मुमा नै यो व्यवसायमा संलग्न हुनुहुन्थ्यो । तर यसबीचमा २०५२ सालदेखि मैले सिलाई सहितको कपडाको व्यवसाय निरन्तर गर्दै आएको छु । बिदेशबाट कपडा आयात गरेर पञ्चकुमारी टेलरिङ सेन्टरमार्फत देशव्यापी बिक्रीवितरण(सप्लाई) गर्दै आएको छु ।

निम्न पुँजी भएका धेरैलाई आर्थिक सहयोग गरी सफल व्यवसायी बनाएको छु

कपडा तथा सिलाई व्यापार प्रबद्र्धन र विकासको लागि धेरै ठाउँमा सहयोग गरेको छु । निम्न पुँजी भएका धेरै व्यक्तिहरुलाई आर्थिक सहयोग गरेर व्यवसाय खोल्न र यसको विस्तारमा सहयोग गरेको छु । आज सबै साथीहरु सफल हुनुहुन्छ ।

हामीले ग्राहकको चाहनाअनुसार गुणस्तरीय उत्पादन दिनुपर्दछ

अहिले कपडा तथा सिलाई व्यवसायमा टेलरिङको पाटोबाट हेर्दा गुणस्तरीय सामाग्रीको उत्पादन पहिलो आवश्यकता हो । समयक्रमसँगै चेतनाको विकास चाहनाको परिपूर्तिका साथै त्यहि अनुसार फेशन डिजाईनको सोच आईरहेको छ । मानिसलाई आफ्नो पहिरन अनुसार बिदेशतिर चलेका डिजाईनहरु चाहिन्छ । हरेक टेलरिङ सेन्टरमा यी र यसकिसिमका ग्राहकहरु आईरहेका छन् । हामीले ग्राहकको चाहनाअनुसार गुणस्तरीय उत्पादन दिर्नुपर्दछ । तर दुःखको कुरा हामीसँग दक्ष जनशक्तिको अभाव छ अर्थात् कालिगढको आभाव छ । यसको परिपूर्ति गर्नुपर्ने आवश्यकता छ ।

Ramkrishana Shrestha2संघ ५६ जिल्लामा विस्तार,१८ हजार व्यवसायी आबद्ध

२०५५ साल भदौ २९ गते स्थापना भएको नेपाल कपडा तथा सिलाई व्यवसायी संघ आजको दिनसम्ममा ५६ जिल्लामा विस्तार भएको छ । ४६ जिल्लामा रहेको शाखा हाम्रो अहिलेको कार्यकालमा थप १० जिल्लामा विस्तार भएको हो । देशभर १८ हजार व्यवसायीहरु आबद्ध हुनुहुन्छ । व्यापार, व्यवसाय व्यवस्थितरुपमा अगाडि बढाउनुपर्ने खाँचो छ । ग्राहकको रुचि, चाहना अनुसारका वस्तु कसरी ल्याउने र अर्काेतिर बिक्रयकलाको खाँचो छ । त्यसैले यस क्षेत्रमा सिलाई, बिक्री लगायत सम्पूर्ण क्षेत्रमा तालिमको आवश्यकता छ ।

संस्थामा धेरै पक्षको व्यवस्थापन र विकास गर्न अध्यक्षमा मेरो उम्मेदवारी

देशभरीका जिल्लाहरु र केन्द्रीय कार्यसमितिका साथीहरुको सहयोग र माया ममताले आगामि कार्यकालका लागि अध्यक्ष पदमा म अगाडि बढ्दैछु । संस्थामा धेरै पक्षको व्यवस्थापन गर्नुपर्ने खाँचो छ । यसको संचालन प्रक्रिया, प्रबद्र्धन र विकासका विषयमा मेरो नेतृत्वको टिम सक्षम रहनेछ । त्यसैलाई व्यवस्थितरुपमा व्यवसायीका आर्थिक, संस्थागत समस्या हल गरेर व्यवस्थित गर्नुपर्नेछ । देशभरीको सिलाई व्यवसायीलाई समृद्ध पार्ने दिशातर्फ अग्रसर हुनुपर्नेछ । आम व्यवसायीको यस्तै कुराहरुलाई प्रतिनिधित्व गर्दै म अगाडि बढ्नेछु ।

राज्यले कर कम गरिदिनुपर्यो

राज्यले कर कम गरिदिएमा हामीले कम मूल्यमा सामानहरु पाउँथ्यौं । त्यसले व्यवसयलाई अगाडि बढाउन मद्धत पुग्ने थियो ।

Ramkrishana Shrestha1कोट, पाईन्ट, सट सिलाएर न्यूनत्तम महिनाको ३५ हजार कमाउन कुनै गाह्रो छैन

त्यस्तै अहिले देशका युवाहरु रोजगारीका लागि विदेश गईरहनु परेको छ । यदि राज्यले देशमै रोजगारीको अवसर सिर्जना गराउने नीति लिने हो भने हाम्रो क्षेत्रले धेरैलाई रोजगारी दिन सक्दछ । कोट, पाईन्ट, सट सिलाएर न्यूनत्तम महिनाको ३५ हजार कमाउन कुनै गाह्रो छैन ।

राज्यले राष्ट्रियरुपमा सिलाई तालिम केन्द्र खोलिदिनुपर्यो !

राज्यले राष्ट्रियरुपमा सिलाई तालिम केन्द्र खोलिदिने हो भने वास्तवमा हाम्रा देशभरीका व्यवसायीका लागि दक्ष जनशक्ति पुरा भई राज्यको उपस्थिति भएको अनुभूति गर्न पाउने थियौं । त्यस्तै देशमा रोजगारी सिर्जना भई बिदेश जानुपर्ने अवस्थाको अन्त्य गराउन सकिन्थ्यो ।

हामीले तिरेको कर हाम्रै व्यवसायीक हित र व्यवसायको विकासमा खर्च हुनुपर्यो

हामीले राज्यलाई कर पनि तिरेका छौं । त्यो कर यहि व्यवसायको प्रबद्र्धन र व्यवसायीक उन्नतिका लाखि खर्च हुनुपर्यो । म अध्यक्ष भएपछि हामीसँग अन्तरसम्बन्ध राखेका मन्त्रालय, विभाग क्षेत्रमा व्यवसायीका यस्ता आवाजलाई सशक्तरुपमा राख्नेछु । स्थानीय निर्वाचन भईसकेपछि जिल्ला जिल्लाका घरेलु कार्यालय वा गाँउपालिका, नगरपालिकामा प्रोपोजल पेश गरेर त्यहाँ बाट बजेट निकासा गराई तालिमहरु प्रदान गर्ने कार्यक्रम अगाडि बढाउने मेरो योजना छ ।

कपडा तथा सिलाई व्यवसायीको आर्थिक उन्नति नै मेरो मूल मन्त्र हो

सम्पूर्ण देशभरीका कपडा तथा सिलाई व्यवसायीको आर्थिक उन्नति नै मेरो मूल मन्त्र हो । त्यसलाई व्यवस्थापन गर्नुपर्ने खाँचो छ । म काममा विश्वास गर्ने मान्छे भएकाले सोहि अनुरुप कार्य गरेर देखाउनेछु । मेरो यसअघिका कामलाई पनि सबै व्यवसायीले मूल्याँकन गर्नुभएको छ । यो संंस्थालाई भविष्यमा गौरव गर्न लायक संस्था बनाउन म लागिपर्नेछु । म अध्यक्ष भएपछि संघको शाखा थप १० जिल्लामा विस्तार गर्ने लक्ष्य लिएको छु ।

सबै व्यवसायीको साझा एजेण्डालाई प्रतिनिधित्व गर्दै मास्टर प्लानकासाथ अगाडि बढ्नेछु

सबै व्यवसायीको साझा एजेण्डालाई प्रतिनिधित्व गरेर म अगाडि बढ्नेछु । सबै व्यवसायीको इच्छा, चाहना के हो ? सबैको सुझाव लिएर मास्टर प्लान बनाएर संघको उचाई माथि पुर्याउन म लाग्नेछु । तत्कालिन र दिर्घकालिन ठोस योजना र मार्गदर्शन हुनेगरी अगाडि बढ्नेछु । देशभरीको सबै व्यवसायीको भावनालाई समेटेर उहाँहरुको भविष्य उज्वल बनाउन म सदैव लाग्नेछु ।

(अर्थतन्त्रका लागि हरिशरण न्यौपानेसँगको कुराकानीमा आधारित)

प्रकाशित मितिः २०७३ चैत २९

वि.सं.२०७३ चैत २९ मंगलवार १४:५६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...