back
NMB ad

राष्ट्रिय गौरवको रानी जमरा आयोजनाको निर्माण कार्य…

Kumari bank ad

धनगढी। आर्थिक वर्ष २०७३/७४ सम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको निर्माण समयमै पूरा नहुने देखिएको छ ।

मुक्त कमैयाको बासोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूल नहरको रेखाङ्कनमा परेकाले उनीहरुलाई स्थानान्तरण गरी व्यवस्थापन गर्नुपर्ने तथा नहरको रेखाङ्कन गरिएको क्षेत्रका रुख कटानी प्रक्रियामा ढिलाइ भएका कारण समयमै सो आयोजना निर्माण पूरा हुन नसक्ने देखिएको हो ।

आयोजनाका इन्जिनियर प्रकाशराज सत्यालका अनुसार कर्णाली मुहान भएको उक्त आयोजनाको निर्माण कार्य हालसम्म ६० प्रतिशत मात्र पूरा भएको छ । सरकारले विश्व बैंकको सहयोगमा विसं २०६६ बाट निर्माण थालेको सो आयोजनाको इन्टेक (मुहान) तथा ‘लिङ्क क्यानल‘ निर्माण कार्य पूरा भएको छ ।

इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूल नहर तथा ‘सेटलिङ्क बेसिन’ निर्माण कार्य करिब ७० प्रतिशत पूरा भएको छ । बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहर, तथा पावर हाउस निर्माण कार्य भइरहेको छ ।

लम्कीतर्फको नयाँ शाखा नहर निर्माणका लागि प्रक्रिया अघि बढाइएको इन्जिनियर सत्यालले बताए । कटासेदेखि मोहनासम्म फिडर नहर, शाखा पुनःनिर्माण तथा सडकमा ग्राभेलको काम निर्माणाधीन छ । सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धको लक्ष्य रहेको छ ।

“हालसम्म २१ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण भएको छ, बाँकी भागमा निर्माण कार्य जारी छ ,” उनले भने । मूल नहर निर्माणको दोस्रो प्याकेजअन्तर्गत निर्माण हुन लागेको विद्युत् आयोजना चार दशमलब ८८ मेगावाटको छ । आयोजना निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिका, पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा गाविसको करिब २० हजार ३०० हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ ।

अयोजना निर्माणको कुल खर्च सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदानसहित रु १२ अर्ब ६३ करोड २१ लाख रहेको छ ।

प्रकाशित मितिः २०७३ कार्तिक १७

वि.सं.२०७३ कात्तिक १७ बुधवार १७:४४ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...