back
NMB ad

दशैँ र तिहारमा रानीमहलमा पर्यटकको चहलपहल बढ्यो

Kumari bank ad

पाल्पा । तानसेन नगरपालिका–१३, बौघागुम्बास्थित रानीमहलमा पर्यटकको चहलपहल बढेको छ ।

रानीमहल दरबारसम्म सवारी आवागमन सहज भएपछि पर्यटकको चहलपहल बढेको हो । रानीमहल तानसेनदेखि १३ किलोमिटर उत्तर कालीगण्डकी नदी किनारस्थित चट्टानमा रहेको छ । दशैँ तिहारको बिदा र सडक मर्मतपछि यहाँ आउने पर्यटक बढेका हुन् ।

कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित नेपालको ताजमहल मानिने रानीमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक, पुरातात्विक, पर्यटकीय, धार्मिक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएकोे रानीमहल पर्यटकका लागि आकर्षणको लोभलाग्दो सम्पदा हो ।

वर्षामा बिग्रिएका सडक मर्मत भई पूर्णरुपमा सडक सुचारु भएसँगै रानीमहल पुग्ने आन्तरिक तथा बाहय पर्यटक बढेका हुन् । पर्यटकको आवागमनमा वृद्धि भएसँगै रानीमहलमा चहलपहल बढेको हो ।

दशैँअघिसम्म पर्यटक शून्यजस्तो देखिए पनि अहिले दैनिक ३०० जनासम्म आन्तरिक पर्यटक आउने गर्दछन् । बाह्यभन्दा आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी वसन्त कुँवरले बताए ।

अस्थायी प्रहरी बिट, रानीमहलका प्रहरी जवान टीकाराम सिंजालीका अनुसार सडक सुचारु भएपछि शुक्रबार र शनिबार बढी मात्रामा स्कुले विद्यार्थीको ओइरो लाग्ने गरेको छ ।

कालीगण्डकी नदी किनारमा अवस्थित रानीमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो । साउन, भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको सडक पूर्णरुपमा सञ्चालनमा आएपछि पर्यटकको चहलपहल बढेको स्थानीय बासिन्दा ताराबहादुर थापाले बताए ।

पाल्पा गौँडाका तैनाथवाला प्रधान सेनापति खड्ग शमशेरले आफ्नी दिवंगत रानी तेजकुमारीको सम्झनामा विसं १९४९ मा शुरु गरी पाँच वर्षमा निर्माण कार्य पूरा भएको थियो । विसं १९५४ मा निर्माण पूरा गरेको रानीमहल अहिले नेपालको ताजमहलका रुपमा परिचित छ । प्रेमको प्रतीक ठानिने रानीमहल प्रेमजोडीको प्रमुख गन्तव्य रहेकाले पर्यटकको ओइरो लाग्ने गर्दछ ।

डिभिजन सडक कार्यालयले सडक मर्मत गरेपछि साना सवारीसाधन सहजरुपमा रानीमहल पुगिरहेकोे इञ्जिनियर पवित्रमणि आचार्यले बताए । सात किलोमिटर सडक यसै वर्ष कालोपत्रे तथा पाँच किलोमिटर सडक ग्राभेल हुनेछ ।

हाल तानसेनदेखि रानीमहलसम्म एउटामात्र जिप सञ्चालनमा रहेको छ । अन्य निजि तथा साना भ्यान, कार तथा स्कार्पिओ गाडी ताजमहलसम्म पुग्न थालेपछि पर्यटक गत वर्षभन्दा बढेको स्थानीय बासिन्दा सुरेश पाण्डेयले जानकारी दिए ।

कालीगण्डकी नदीलाई विश्वमै वीरलै बहने उत्तरबाहिनी नदीका रुपमा लिइन्छ । उत्तरबाहिनी नदीको पानीमा हातमुख धुँदा मात्र पनि मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलावा धार्मिक पर्यटक भ्रमण गर्न र प्रकृतिसँग रमाउन रानीमहल पुग्ने र कालीगण्डकी नदीमा पौडी खेलेर मनोरञ्जन लिनका लागि समेत पर्यटक आकर्षित बनेका छन् ।

यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नसकेमा रानीमहलको महत्व अझ बढ्ने स्थानीय बासिन्दा बताउँछन् । यहाँ पर्यटक बढेपछि पाल्पाका होटल व्यवसायीसमेत अहिले खुशी छन् ।रासस

प्रकाशित मितिः २०७४ कार्तिक १

वि.सं.२०७४ कात्तिक १ बुधवार ०८:३५ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...