back
NMB ad

रानीपोखरीको पुननिर्माण सुरु, पर्यटकीय गन्तव्य बनाइने

Kumari bank ad

काठमाण्डौं । भूकम्पबाट क्षतिग्रस्त भएको रानीपोखरीको पुनर्निर्माणका लागि रानीपोखरीको पानी सुकाउने काम सुरु भएको छ । वि.सं. १६७० मा राजा प्रताप मल्लले निर्माण गराएको रानीपोखरी गत बैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको थियो ।

स्थानीयहरु रानीपोखरी एक बाँस बराबर गहिरो रहेको दावी गर्छन् भने सरकारी अधिकारीहरु ७ फिटसम्म गहिरो हुनसक्ने बताउँछन् । अब पोेखरीको सबै हिलो निकालेर मात्रै त्यसमा नयाँ पानी भरिनेछ । रानीपोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने महानगरको योजना छ ।

रानीपोखरी पुनर्निर्माणका लागि ६ करोड २९ लाख रुपैयाँमा ठेक्का दिइएको छ । निर्माणको जिम्मा वर्ल्डवाइड कँडेल केएनकेजी जेभी कम्पनीले लिएका छन् । महानगरपालिकाका अनुसार आगामी असोजसम्म रानीपोखरीको पुनर्निर्माण सकिएर यसले पुनर्जीवन पाउनेछ । गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यसको शिलान्यास गर्दै पुनर्निर्माण महाअभियान सुरु गरेकी थिइन् ।

१७ बैशाख २०७३, १.००

वि.सं.२०७३ वैशाख १७ शुक्रवार १३:४२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...