back
NMB ad

मध्यरातमा किशोरीको बसभित्रै बलात्कार !

Kumari bank ad

काठमाडौ । ललितपुरको बालकुमारी बसपार्कमा १४ वर्षीय किशोरी मध्यरात बसभित्र बलात्कृत भएको खुलासा भएको छ। ललितपुर प्रहरी परिसर र अपराध महाशाखा ललितपुरको टोलीले ती किशोरीलाई बलात्कार गरेको आरोपमा सिन्धुपाल्चोक सिरुवारीका सागर नेपालीलाई पक्राउ गरेको छ।

गत चैत १८ गते साँझ दाईसँग झगडा गरी डेराबाट निस्कीएकी सप्तरीको कन्चनपुरकी ती युवतीलाई सागरले सोही दिन राती बालकुमारी बसपार्कमा रोकि राखेको बसभित्र बलात्कार गरेका थिए।

राती साढे १२ बजे युवती बसभित्रबाट चिच्याएपछि सागर फरार भएका थिए। सागर बा १ ख ६९६६ नम्बरको उक्त बसको सहचालक हुन्। घर छाडी बाटोमा हिँडिरहेकी ती युवतीलाई साँझ आठ बजे बालकुमारीमा रोकेर सागरले आफुले घर पुग्ने बससम्म पुर्‍याईदिने भन्दै फकाएका थिए।

त्यसपछि उनले नजिकैको होटलमा खाना खुवाएर बसभित्र ल्याएका थिए। ललाई फकाई गरेर घर पुग्ने बसम्म पुर्‍याईदिन्छु भनेपछि ती युवती मानिछन् र सागरले भने अनुसार गर्दै गईछन्।

तर मध्यरातमा जर्बजस्ती गरेपछि ती युवती चिच्याएको र नजिकमा मान्छेहरु जम्मा भएपछि सागर फरार भएको पाईएको छ । ललितपुर प्रहरी परिसरका डीएसपी इश्वर कार्कीले भने। सागरले चक्रपथ गुड्ने उक्त गाडी काम सकेर बालकुमारीमा पार्किङ गरेर राखेका थिए। घटना लगत्तै उनी भागेर सिन्धुपाल्चोकमा लुकेर बसेका थिए।

लगनखेल बस्दै आएका ३१ वर्षिय सागर अविवाहित हुन्। ती युवती बालकुमारीमा दाईसँग बस्दै आएको र दुई दिनअघि मात्र काठमाडौं आएको प्रहरीले जनाएको छ। यी किशोरी काठमाडौमा नयाँ हुन्। उनले नत ड्राइभरको नाम भन्न सकिन् नत दाईको डेरा पुग्ने बाटो नै बताउन सकिन् ,डीएसपी कार्कीले भने।

प्रहरी बसको मालिकमार्फत सागरसम्म पुगेको थियो। पिडित युवतीको मेडिकल रिपोर्ट आउन बाँकी छ। उनलाई प्रहरीले सिभिनमा राखेको छ। पिडित किशोरीको दाई भने फरार छन्। उनको पनि खोजि भईरहेको प्रहरीले जनाएको छ। ललितपुरमा बलात्कारका घटना धेरै हुने गरेका छन्।

यसअघि केही समय अघि मंगलबजार, कुमारी पार्टी , इमाडोल लगायत क्षेत्रमा पनि बलात्कारका घटना भएका थिए। प्रहरीको एक तथ्यांकअनुसार २०६८ देखी चार वर्षको अन्तरमा ललितपुरमा मात्र ६३ वटा बलात्कारका घटना भएका थिए। जसमा दुई वटा सामुहिक बलात्कारका घटना थिए भने एउटा चोरीको क्रममा भएको थियो। प्रहरीका अनुसार अधिकांश घटना घरभित्र घट्ने र केही सार्वजनिक स्थान र बसमा हुने गरेको जनाएको छ।

यसअघि गत फागुन १५ गते च्यासलमा नौ वर्षिय बालिका बलात्कृत भएकी थिइन्। मुलुकी ऐन अनुसार १४ वर्षभन्दा मुनीको उमेरका किशोरी बलात्कृत भए पिडकले सात वर्षदेखी १० वर्षसम्मको जेल सजाय पाउँछन्।

यसैगरी १४ वर्षभन्दा माथीको युवती बलात्कृत भए पिडक तीन वर्षदेखी पाँच वर्षसम्म कैद हुने कानुनी प्रावधान रहेको छ। गत आर्थिक वर्षमा देशभर एक हजार ८९ वटा जर्बजस्ती करणीका मुद्धा र चार सय ५२ वटा जर्बजस्ती करण उधोगका मुद्धा दर्ता भएका थिए। अन्नपूर्ण पोष्टबाट

प्रकाशित मितिः २०७३ चैत २६

वि.सं.२०७३ चैत २६ शनिवार १५:२८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...