back
NMB ad

सरकारको पाँच अर्बको विकास ऋणपत्र, बोलकबोलको समय कहिलेसम्म ?

Kumari bank ad

काठमाडौ । तरलता अभाव खेपेका बैंकहरुलाई राष्ट्र बैंकले ५ अर्ब रुपैया दिने भएको छ । जसका लागि राष्ट्र बैंकले विकास ऋणपत्र सोझै खरिदको बोलकबोलको सूचना जारी गरेको छ । केही वाणिज्य बैंकसंग लगानीयोग्य रकम नभएपछि राष्ट्र बैंकले बैंकहरुसँग रहेका विकास ऋणपत्रहरु खरिद गरेर ती बैंकहरुलाई रकम उपलब्ध गराउने भएको हो ।

नेपाल राष्ट्र बैंकले यही पुष १६ गते आइतबार पाँच अर्ब रुपैयाँ वित्तीय बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको विकास ऋणपत्र खरिद गरेर उक्त रकम बैंकिग प्रणालीमा पठाउने भएको हो ।

राष्ट्र बैंकका अनुसार बैंकिग क्षेत्रमा ३३ अर्ब बढी अधिक तरलता रहेको छ ।तर बैंकहरुले भने रकम अभाव भएको भन्दै उच्च ब्याजदर कबुलेर संस्थागत लगानीकर्ताहरुबाट निक्षेप माग गरेका छन् । अर्कातर्फ बैंकहरुले आफुसँग भएको निक्षेप बाहिरिन नदिन धमाधम मुद्धती बचतको ब्याजदर समेत बढाउन थालेका छन् ।

यो विकास ऋणपत्रको खरिदबाट बैंकहरुमा पाँच अर्ब रुपैयाँ प्रवाह हुने र यसले तत्काल देखिएको तरलताको असहज अवस्थालाई सम्बोधन गर्ने राष्ट्र बैंकको भनाई छ ।

बैंकहरुले आगामी आइतबार आफुसँग भएका विकास ऋणपत्रहरु बिक्री गरेर राष्ट्र बैंकबाट रकम लिन सक्नेछन् । विकास ऋणपत्रको ब्याजदर भने बोलकबोलबाट हुने राष्ट्र बैंकले जनाएको छ ।

२०७४ पुष १३ गते प्रकाशित

वि.सं.२०७४ पुस १३ बिहीवार १५:४४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...