काठमाण्डौं । सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले यसै आर्थिक बर्षभित्र सर्वसाधारणका लागि ३० प्रतिशत सेयर निष्कासन गर्ने बताएको छ । बैंकले आगामी असारसम्ममा सेयर निष्कासनको सबै प्रक्रिया पुरा गर्ने जनाएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ ।
आज बिहीबार बैंकले आयोजना गरेका पत्रकार सम्मेलनमा बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाएको जानकारी दिएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकको सेयर जारी गर्ने विषयमा सरकारले निर्णय गरिसकेको जानकारी दिदै यसै आर्थिक बर्षमा सेयर निष्कासन गरिने बताएका हुन् । २०२२ साल माघमा स्थापना भएको बैंकका देशभर १७१ शाखा रहेका छन् ।
६ माघ २०७३, १२।३०
वि.सं.२०७३ माघ ६ बिहीवार १४:०९ मा प्रकाशित