back
NMB ad

चितवनमा रत्ननगर महोत्सव हुने

Kumari bank ad

रत्ननगर । जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गतका कार्यक्रमलाई विशेष प्राथमिकता दिँदै आगामी पुस २७ गतेदेखि रत्ननगर महोत्सव हुने भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको सो महोत्सव यसपटक कृषि विशेषका रुपमा आयोजना गर्न लागिएको संघका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक राजाराम रेग्मीले जानकारी दिनुभयो ।

चितवनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ५०० हेक्टरमा कृषि जोन कार्यक्रम सञ्चालन भएकाले महोत्सवमा विशेष कृषिको व्यवसायीकरणमा जोड दिइएको रेग्मीले बताउनुभयो । महोत्सवमा उद्योग, व्यापार, पर्यटन, स्थानीय कला संस्कृति तथा अन्य क्षेत्रका वस्तु उत्पादन प्रवद्र्धन गरिनेछ ।

पुस २७ गतेदेखि माघ ७ गतेसम्म रत्ननगरस्थित टिकौलीको प्रस्तावित क्षेत्रीय रंगशालामा सञ्चालन हुने उक्त महोत्सवमा ४५० कक्ष रहनेछ । नवौँ संस्करणका रुपमा आयोजना गर्न लागिएको सो महोत्सवमा पाँच लाख दर्शकको सहभागिता हुने र करिब रु ५० करोडको कारोबार हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७४

वि.सं.२०७४ मंसिर ११ सोमवार १६:२४ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...