back
NMB ad

पुननिर्माणलाई सघाउने मोवाइल एप्स र वेवसाइट सञ्चालनमा

Kumari bank ad

काठमाडौ । अमेरिकी दुतावास युवा परिषद्ले भूकम्प प्रतिरोधी घरनिर्माण बारे जानकारी दिने मोबाइल एप्स र वेभसाइट सञ्चालनमा ल्याएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले मोबाइल एप्स इकन्ट्रक्सन र वेभसाइट इकन्ट्रक्सन डटकम डट ओराजीको शुभारम्भ गरे ।

एप्स र वेभसाईटको शुभारम्भ गर्दै उनले समाज परिवर्तनको सवालमा सञ्चारका साधनको अहम् भूमिका रहने भन्दै पुनःनिर्माण सम्बन्धी मोबाइल एप्स र वेभसाइटले सर्वसाधारणलाई पुनःनिर्माण र भूकम्पप्रतिरोधी घर बनाउन महत्वपूर्ण जानकारी उपलब्ध गराउन सक्ने बताए । भूकम्पपछिको पुननिर्माणको विषयमा समाजको तल्लो तहमा अझै पनि भ्रम रहेको वताउदै उनले सार्वजानिक एप्स र वेभसाईटले यस्ता भ्रमहरुलाइ चिर्न सफल हुने विश्वास व्यक्त गरे । घरमै बसेर मानिसले आफ्नो पुनःनिर्माणको काम गर्नसक्ने गरी तयार पारिएको मोबाइल एप्स र वेभसाइटले समाजको तल्लो तहका सर्वधारणमा सकारात्मक परिवर्तन ल्याउन मद्धत पुर्याउने उनको विश्वास थियो ।

कार्यक्रममा अमेरिकी दुतावासकी प्रवक्ता इनेकि स्टेनहोमले अमेरिकी दुतावासले समाज परिवर्तनको सवालमा विभिन्न काम गरिरहेको भन्दै आगामी दिनमा दुतावासले नेपाल सरकार र युवाहरुसँगको सहकार्यमा काम गर्ने जानकारी गराइन् ।

परिषद्का सदस्य सरोज पौडेलले एप्स र वेभसाइटमा भुकम्पप्रतिरोधी घर निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरु वारे विस्तृत जानकारी उपलब्ध हुने बताए । उनका अनुसार माटोको घर, ढुङ्गाको घर र आरसीसी घर निर्माण गर्दा कसरी भूकम्प प्रतिरोधि घर बन्न सक्छन् भन्ने कुरा मोबाइल एप्स र वेभसाइटमा राखिएको छ । यी सामाग्रीहरु माटो, ढुंगा वा सिमेन्टको घर वनाउन चाहनेहरुको लागि महत्वपूर्ण हुने परिषद्को विश्वास रहेको छ ।

यसैगरी मोबाइल एप्स र वेभसाइटमा क्यालकुलेटर पनि राखिएको छ । परिषद्का अनुसार उक्त क्यालकुलेटरमा आफूले बनाउन चाहेको घरको लम्बाइ र चौडाई लेखेपछि घरमा चाहिने इँट्टा, बालुवा सिमेन्ट र रड समेत कति मात्रामा चाहिन्छ र त्यसको अनुमानित मूल्य(हालको बजार मूल्य अनुसार) देखाउने गर्दछ । जसले सर्वसाधारण मानिसहरु ठगिनवाट बच्न सक्ने छन् ।

परिषद्ले निर्माण गरेको मोबाईल एप्स र वेभसाईट घर वनाउन चाहने सर्वसाधारण देखि इन्जिनियर, ठेकेदारका साथै पुननिर्माण र विपद् व्यवस्थापनको वारेमा वुझ्न चाहने सवै मानिसहरुको लागि उपयोगी हुने परिषद्को भनाई रहेको छ ।

प्रकाशित मिति २०७३ भदौ १

वि.सं.२०७३ भदौ १ बुधवार २३:२२ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...