फुटबल खेलको क्रममा खेलाडीका लागि सबै भन्दा घातक रेफ्रिसँगको झगड हुन्छ । यसको प्रमाण मेक्सिको फुटबल लिग कोपा एमएक्स अन्तर्गत भएको एक खेल बन्यो ।
मोरिलियासँगको खेलमा टोलुकाका तीन खेलाडीले रातो कार्ड पाए । रेफ्रिसँग झगडा गरेका कारण टोलुकाका तीन खेलाडीले ३२ सकेण्ड भित्रमा रेडकार्ड पाएका हुन् । ८५ औं मिनेटको खेल चलिरहेका बेला मोरिलियाका खेलाडीलाई लडाएपछि रेफ्रिले टोलुकाका जिसस मेन्डेजलाई पहेँलो कार्ड देखाए ।
उनको खेलमा दोस्रो पहेँलो कार्ड थियो । त्यसले गर्दा उनी मैदानबाट बाहिरिए । त्यसलगतै रेफ्रिसँग झगडा गर्न गएका अलफ्रेडो टालाभेरा र इन्ड्रिक ट्रिभेरिओले पनि रातो कार्ड पाए । ३२ सेकेण्ड भित्रमा रातो कार्डका कारण तीन खेलाडी गुमाएको टोलुकाले अन्तिमको समय ८ खेलाडीमा सीमित हुनुपर्यो । खेल २–२ को बराबरीमा रोकियो ।
प्रकाशित मितिः २०७३ फागुन २९
वि.सं.२०७३ फागुन २९ आइतवार १६:३२ मा प्रकाशित