काठमाडौ। साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ८.१९ अंकले घटेर १६५३.५३ अंकमा पुगेको छ । यसदिन १६१ कम्पनीको २० लाख १० हजार ४ सय ७७ कित्ता सेयर ९२ करोड रुपैयाँ भन्दा बढिमा किनबेच भयो ।
बजारमा बुधबार सेयर बजार ६.२२ अंकले घटेर १६६१.७२ अंकमा झरेको थियो । दिनभरिमा १५९ वटा कम्पनीको ८६४७ कारोबारबाट २८ लाख ३२ हजार ४४५ कित्ता सेयर खरिदबिक्री हुँदा ९१ करोड ६२ लाख रुपैंयाभन्दा बढिको किनबेच भएको थियो ।
कारोबारमा आएका फाइनान्स र म्यान्यु & प्रो समूहका सूचक उकालो लागेका छन् भने बैकिङ, होटल, बिकास बैँक, उत्पादन जलविद्युत, बीमा, वित्त समूह र अन्य ओरालो लागेका छन् ।
प्रकाशित मितिः २०७४ साउन २६
वि.सं.२०७४ साउन २६ बिहीवार १७:५७ मा प्रकाशित