back
NMB ad

कुनै केटा मनपर्यो भन्दैमा बिवाह नै गर्नुपर्छ भन्ने छैनः रेखा थापा (हेर्नुहोस् भिडियो)

Kumari bank ad

काठमाडौ। यति बेला नायिका रेखा थापाको चलचित्र रुद्रप्रियाको चर्चा चुलिएको छ। चलचित्रमा जब नायिका रेखा थापा हुन्छिन्, त्यसले निकै चर्चा पाउँछ । रेखाको मुख्य भूमिका रहेको चलचित्र उनले श्रृजना गर्ने स्क्यान्डल र गसिपकै कारणले चल्ने गर्छ । कात्तिक २ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रुद्रप्रिया’मा समावेश गीतहरु पनि यतिबेला चर्चामा छन ।

अन्तर्वार्तामा बोल्दै नायिका रेखा थापाले दाइजो प्रथा, बोक्सीको आरोप, एसिड प्रकरण लगायतको महिला माथि हुने अत्याचारको पराकाष्टा रुद्रप्रियामा देख्न पाइने र चलचित्रमा आफ्नो सशक्त भूमिका रहेको बताइन । भविष्यमा नवप्रतिभाहरुलाई मौका दिने तर नवाप्रतिभामा पनि क्षमता हुनुपर्ने बताइन ।

८ बर्षपछि आर्यन र रेखा चलचित्रको पर्दामा रोमान्टिक अवतारमा देखिएका छन् । दर्शकहरु आर्यन–रेखाको केमिस्ट्री फेरी एकपटक हेर्नको लागि निकै नै प्रतिक्षा गरेर बसेका छन् ।

आर्यनसँगको लामो मनमुटावको बारेमा बोल्दै रेखाले समय र परिस्थितिले मानिसलाई टाढा बनाउने भन्दै विनाकारण वालापनमा भएको सानो मनमुटावलाई चिर्दै मित्रता अगाडी बढाउन आफुले नै हात अगाडी बढाएको खुलासा गरिन । चलचित्रमा आर्यन सिग्देललाई किन रोज्नुभयो भन्ने प्रश्नमा रेखाले आर्यन नै चलचित्रको लागि योग्य पात्र भएको बताइन । विवाहपश्चात आर्यन सिग्देल परिवर्तन भएको बताउदै रेखाले उनको श्रीमतीसँग राम्रो सम्बन्ध भएको बताइन।

प्रकाशित मितिः २०७४ असोज २२

वि.सं.२०७४ असोज २२ आइतवार ११:५१ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...