back
NMB ad

वैदेशिक रोजगारी घट्दो : देशको अर्थतन्त्रको मेरुदण्ड रेमिट्यान्समा सिधा असर

Kumari bank ad

काठमाण्डौं । चालु आर्थिक बर्ष २०७३,०७४ मा रोजगारीका लागि बिदेश जाने नपालीको संख्या घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा बितेको पाँच महिना मध्ये चार महिनाको तथ्यांकमा बैदेशिक रोजगारीमा जानेहरुको संख्या घटेको छ भने कात्तिकमा मात्र अघिल्लो बर्षको तुलनामा बढेको छ ।

बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बिगत तीन बर्षको तुलनामा लगातार घट्दै आएको तथ्यांकले देखाएको छ । आर्थिक बर्ष २०७१,०७२ मा बिदेश जानेको संख्या पाँच लाख १२ हजार थियो भने आर्थिक बर्ष २०७२,०७३ मा त्यो १८.४ प्रतिशतले घट्न गई चार लाख १८ हजार हाराहारीमा सिमित भयो । यस बर्षको पाँच महिनाको अवधिमा ८.९ प्रतिशतले घटेको छ ।

बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेसँगै उनीहरुबाट प्राप्त हुने बिप्रेषण आप्रबाह ( रेमिट्यान्स) को बृद्धि दर पनि घटेको राष्ट्र बैंकको भनाई छ । अघिल्लो आर्थिक बर्षमा रेमट्यिान्स बृद्धि दर १९.४ प्रतिशत रहेकोमा यस बर्षको पाँच महिना अबधिमा जम्मा ६ प्रतिशत मात्र छ । यस बर्षको पाँच महिना अवधिमा दुई खर्ब ८७ अर्ब ६६ करोड रेमिट्यान्स प्राप्त भएको राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्स आप्रबाह घट्दा अर्थतन्त्रमा अल्पकालीन असर पर्ने आँकलन गरिएको छ । बिदेश जानेहरु घटेर स्वदेशमै रोजगारीमा संलग्न हुनुलाई भने सकारात्मक रुपमै लिनुपर्छ ।

४ माघ २०७३, ११।००

वि.सं.२०७३ माघ ४ मंगलवार १०:५७ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५७

काठमाडौँ : हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:५०

भैरहवा : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग सिद्धार्थ उद्योग वाणिज्य...

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

राज्यकोषबाट सुविधा लिनेले छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्ने   

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:४४

नवलपरासी : पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले पालिकाबाट सेवासुविधा लिने कर्मचारी...

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

आज २९ बैशाख २०८१ शनिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २९ शनिवार ०६:३६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

चीनबाट अनुदानस्वरूप उपलब्ध हुने सातवटा सवारी साधन स्वीकार गरिने   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४८

काठमाडौं, २८ वैशाख : मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चीन सरकारले...

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

गण्डकीका मुख्यमन्त्रीलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार २१:४४

काठमाडौँ, २८ वैशाख : सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज...