back
NMB ad

अब मासिक १३ हजारमै पूरा हुन्छ कार चढ्ने सपना

Kumari bank ad

काठमाण्डौं । बैंक तथा वित्तीय संस्थाले उच्च ब्याजदर लिएर पनि हायर पर्चेज कर्जा नदिइरहेको बेलामा रेनोल्ट गाडीले भने नयाँ अफर सार्वजनिक गरेको छ । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक विशाल ग्रूप अन्तरगतको एडभान्स अटो मोबाइल्सले रेनोल्ट वाउ अफर सार्वजनिक गरेको हो ।

एड्भान्स मोटर्सले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ईयर, नउ ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट ईएमआई एभर’ नारा सहित उक्त अफर सार्वजनिक गरेको हो ।

नयाँ वर्षलाई लक्षित गरेर सार्वजनि गरिएको यो योजना यहि सातादेखि लागू गरिएको छ । यस योजना अन्तरगत न्यून मासिक शुल्कमा रेनोल्टका क्विड र डस्टर गाडी खरिद गर्न सक्नेछन् । जस अन्तरगत डस्टरको मासिक किस्ता २८ हजार २ सय रुपैयाँ र क्विडको १३ हजार ३ सय ५७ रुपैयाँ रहेको छ ।

बैंक तथा वित्तीय संस्थाले मासिक १४ प्रतिशतभन्दा बढी ब्याज लिइरहेको अवस्थामा कम्पनीले ८ दशमलव ९९ प्रतिशत वार्षिक ब्याज दरमा फाइनान्स सुविधा उपलब्ध गराउने भएको छ ।

सजिलो तथा सहज फाइनान्स सुविधाका साथै दुई वर्षको निशुल्क सर्भिस, एक बर्षको निशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको व्यवस्था समेत रहेको कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । उक्त गाडीहरुमा पाँच बर्षको वारेन्टी समेत रहेको कम्पनीले जानकारी दिएको छ ।

१ चैत २०७३, ११।००

वि.सं.२०७३ चैत १ मंगलवार १०:५६ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...