back
NMB ad

१००% वा ८०% हकप्रद कुन ठिक ? तपाईसँग भएको सेयरका आधारमा छान्नुहोस् !

Kumari bank ad

काठमाडौ । समिट माइक्रोफाइनान्सको १०० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज (बिहीबार) अन्तिम दिन हो । भदौ ८ गतेसम्म कायम सेयरधनीले यस कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । समिटले शुक्रबार अर्थात् भदौ ९ देखि बुक क्लोज गर्दैछ ।

धितोपत्र बोर्डबाट समिट माइक्रोफाइनान्सले १ः१ अनुपातामा १०० रुपैयाँ दरको ७ लाख २५ हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति पाइसकेको छ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटलले गर्दैछ ।

यसैगरी सिन्धु विकास बैंकको ८० प्रतिशत हकप्रद सेयर सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन हो । भदौ ८ गतेसम्म कायम सेयरधनीले मात्र सिन्धुको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । सिन्धुले पनि शुक्रबार अर्थात् भदौ ९ देखि बुक क्लोज गर्दैछ । पुराना सेयरधनीले भने स्वतः हकप्रद भर्न पाउनेछन् ।

सिन्धु विकास बैंकले भदौ १८ गतेदेखि ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला हुँदैछ । यसआधारमा सिन्धुले १०ः८ अनुपातमा (प्रत्येक १० कित्ता सेयर थप ८ कित्ता) सेयर बिक्री गर्न लागेको हो । बैंकले १०० रुपैयाँ अंकित मूल्यको २० लाख ९७ हजार ५४० कित्ता सेयर बिक्री खुला गर्नेछ । असोज २२ गतेसम्म हकप्रद भर्न पाइनेछ । यस हकप्रदमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गर्नेछ । हकप्रदमा एनआइबीएल क्यापिटल मार्केट्स लाजिम्पाट काठमाडौबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सिन्धु बिकास बैंकको मुख्य कार्यालय बाह्रबिसे सिन्धुपाल्चोक र यसका अधिकांस शाखा कार्यालय तथा नेपाल इन्भेष्टमेन्ट बैंकका शाखा कार्यालयहरु चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगञ्ज, नारायणगढ, बुटवल, नेपालगञ्ज र धनगढी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मितिः २०७४ भदौ ८

वि.सं.२०७४ भदौ ८ बिहीवार १२:१४ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...