back
NMB ad

तपाईको सेयर कुन कम्पनीमा, हेर्नुहोस् आउँदैछ ८८ हजार कित्ता भन्दा बढी हकप्रद सेयर

Kumari bank ad

काठमाण्डौं । बजारमा दुई कम्पनीले हकप्रद सेयर बिक्री खुला गर्ने भएका छन् । मन्जुश्री फाइनान्स र देवः विकास बैंकले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निस्कासन गर्न लागेका हुन् ।

मन्जुश्रीले एक सय ७५ प्रतिशत हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ भने देवः विकास बैंकले प्रत्येक दुई सेयर बराबर एक सेयर (२:  १) अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ दरको ४४ लाख पाँच हजार चार सय ४०.३९ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको छ ।

मन्जुश्रीले माघ ६ देखि गतेदेखि एक सेयर बराबर थप १.७५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यो हकप्रद सेयरमा पुस ८ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् ।

हकप्रद सेयर आवदेनका लागि एस क्यापिटल लिमिटेड लालदरबार काठमाडौँ, एस डेभलपमेन्ट बैंक नक्सालसहित यसका सम्पूर्ण शाखाहरू, मन्जुश्री फाइनान्सको नयाँ बानेश्वरसहित सबै शाखा कार्यालयबाट सेयर भर्न सकिनेछ । त्यस्तै, त्रिवेणी विकास बैंकको पाल्पा, बेसीसहर, पनौती, इटहरी र भकुण्डेबेसी, गरिमा विकास बैंकको पोखरा, बाग्लुङ, बेनी र मुग्लिङ शाखा कार्यालय अनि महाकाली विकाश बैंकको महेन्द्रनगर शाखा कार्यालयबाट समेत सेयर आवेदन दिन सकिने व्यवस्था गरिएको छ । मन्जुश्रीको बिक्री प्रबन्धकमा एस क्यापिटल लिमिटेड रहेको छ ।

त्यस्तै, देवः विकास बैंकले हकप्रद सेयरमा पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । देवःको बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल मार्केट्स लिमिटेड रहेको छ । हकप्रद सेयर आवदेनका लागि एनआइबीएल क्यापिटल मार्केट्स तथा देव विकास बैंकको केन्द्रीय कार्यालय लालदरबारसहित देवःको अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यस्तै,  नेपाल इन्भेष्टमेन्ट बैंकको पोखरा, बिराटनगर र वीगन्ज शाखा कार्यलय तथा गुडविल फाइनान्स लिमिटेडको नेपालगन्ज र इटहरी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

२१ पुस २०७३, ११।००

वि.सं.२०७३ पुस २१ बिहीवार १२:०२ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...