Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

आईतबार, मंसिर ३ , २०७४  |  
Monday, November 20, 2017

यो १२०% हकप्रद भर्नुभयो ? आजै भरिहाल्नोस् !

November 15, 2017

Right Share

काठमाडौं । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको १२० प्रतिशत हकप्रद भर्ने बुधबार अन्तिम दिन हो । बैंकको १ः१.२ अनुपातको यो हकप्रद बुधबार कार्यालय समयभित्र भरिसक्नुपर्नेछ ।

बैंकले असोज २६ देखि २६ लाख ४३ हजार ५३८.८० कित्ता बिक्री हकप्रद सेयर बिक्री खुला गरेको थियो । असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र यसमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल क्यापिटल मार्केट्सले गरेको छ ।

एनआइबीएल क्यापिटल मार्केट्स काठमाडौं तथा नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बुटवल–८ रुपन्देही तथा यसका अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको चिप्लेढुंगा पोखरा, विराटनगर, वीरगंज, नेपालगंज, नारायणगढ तथा धनगढी शाखाबाट पनि हकप्रद सेयर भर्न सकिनेछ । हाल नेपाल कम्युनिटीको चुक्ता पुँजी २२ करोड २ लाख ९४ हजार रुपैयाँ छ । हकप्रद बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ४८ करोड ४६ लाख ४८ हजार ७८० रुपैयाँ पुग्नेछ ।

प्रकाशित मितिः २०७४ कार्तिक २९

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु