back
NMB ad

सेयरधनीलाई ३ वटा बैंक/वित्तिय संस्थामा हकप्रद भर्ने अवसर,(१२०/८०/४०) प्रतिशत,हेर्नुहोस् कुनको कति ?

Kumari bank ad

काठमाडौ । नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र भागर्व विकास बैंक र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सले सेयरधनीलाई क्रमशः १२० प्रतिशत, ८० प्रतिशत र ४० प्रतिशत हकप्रद दिन गरेको प्रस्तावलाई नेपाल धितोपत्र बोर्डले स्विकृति प्रदान गरेको छ । बोर्डले भदौ २५ गते उक्त अनुमति प्रदान गरेको हो ।

नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंकले प्रस्ताव गरेको १ सय २० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको हो । बैंकले १०० रुपैंया अंकित २६ लाख ४३ हजार ५३८.८० कित्ता सेयर निश्काशन गर्नेछ । बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल क्यापिटल मार्केटले गर्नेछ । हकप्रद सेयर जारी पछि पनि नेपाल राष्ट्र बैंकले तोकेको पूँजी नपुग्ने भएपछि बोनस सेयर दिएर पुर्याउने भएको छ ।

यस्तै भागर्व विकास बैंकले सेयरधनीलाई ८० प्रतिशत अर्थात् १०ः८ अनुपातमा हकप्रद दिन गरेको प्रस्तावलाई धितोपत्रले अनुमति दिएको छ । बैंकले १०० रुपैंया अंकित २१ लाख १२ हजार कित्ता सेयर निष्काशन गर्नेछ ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।

यसैगरी गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाईनान्सले सेयरधनीलाई १०ः४ अनुपातमा हकप्रद दिन गरेको प्रस्तावलाई धितोपत्रले अनुमति दिएको हो । संस्थाले १०० रुपैंइा अंकित १९ लाख ७३ हजार ९२८.७७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

बैंकको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल क्यापिटल मार्केटले गर्नेछ ।3 bittiye sastha

प्रकाशित मितिः २०७४ भदौ २६

वि.सं.२०७४ भदौ २६ सोमवार ११:०१ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

सेयर बजारमा सामान्य सुधार, २ अर्ब ६५ करोडको कारोबार

वि.सं.२०८० चैत १५ बिहीवार १५:१७

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...