back
NMB ad

भदौ ९ को मिति ख्याल गर्नुहोस् र भर्नुहोस १६६% हकप्रद

Kumari bank ad

काठमाडौ । हिमालयन जनरल इन्सुरेन्सले १६६.६७ प्रतिशत हकप्रद भर्ने म्याद थप गरेको छ । हिमालयनले अविरल वर्षाका कारण देशभरको जनजीवन अस्तव्यस्त भएकाले सेयरधनीहरुको अनुरोधमा हकप्रद भर्ने म्याद थप गरिएको स्पष्ट पारेको छ ।

अब लगानीकर्ताले अब भदौ ९ गतेसम्म हिमालयनको हकप्रद भर्न पाउनेछन् । इन्सुरेन्सले यसअघि मंगलबार साउन ३१ अर्थात आज कार्यालय समयसम्म मात्र यो हकप्रदमा आवेदन दिन सकिने व्यवस्था गरेको थियो । कम्पनीले असार २८ गतेदेखि १ः१.६६६७ को अनुपातमा ६४ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा असार १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् ।

हिमालयनको बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटलले गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय नागपोखरी र एनएमबि बैंकको भक्तपुरको सूर्यबिनायक, ललितपुरको कुमारीपाटी, बनेपाको तीनदोबाटो, बुटवलको ट्राफिक चोक शाखाबाट आवेदन फारम भर्न र बुझाउन पाउँनेछन् । यसैगरी, एनएमबि बैंककै धरानको महेन्द्रपथ, विराटनगरको रङ्गेलीरोड, नेपालगंजको सुर्खेतरोड, धनगढीको बसपार्करोड, पोखरा न्यूरोड, विरगंज आदर्शनगर, चितवनको नारायणगढ, जनकपुरको भानुचोक र झापाको बिर्तामोड शाखाबाट पनि आवेदन फरम भर्न र बुझाउन सकिनेछ ।

प्रकाशित मितिः २०७४ साउन ३१

वि.सं.२०७४ साउन ३१ मंगलवार ११:५२ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...