back
NMB ad

पैसा ठिक गर्नुहोस्,४ अर्ब ५१ लाख ९२ हजार रुपैंया बराबरको सेयर पाइपलाइनमा !

Kumari bank ad

काठमाडौ । हकप्रद सेयर निष्काशन गर्नेक्रम जारी रहेको पछिल्लो अबधिमा पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद सेयर निष्कासन गर्न विभिन्न १४ आवेदन परेका छन् ।

आवेदन परेका यी सबै कम्पनीले अनुमति पाएपछि ४ अर्ब ५१ करोड ९२ लाख रुपैंया भन्दा बढि  अर्थात् ४ करोड ५१ लाख ९२ हजार भन्दा बढि कित्ता हकप्रद सेयर बजारमा आउनेछ ।

चुक्ता पुँजी बढाउन हकप्रदको बाटो रोजेर धितोपत्र बोर्डमा निवेदन दिनेमा अधिकांश बैंक तथा फाइनान्स कम्पनी देखिएका छन् । यसबाहेक जलविद्युत, बिमा र लघुवित्त कम्पनी पनि देखिएका छन् ।

हकप्रद निष्कासन अनुमतिका लागि पाइपलाइनमा रहेका कम्पनीहरूमा नेरुद्धे लघुवित्त विकास बैंक, देवः विकास बैंक, नमस्ते वित्तीय संस्था, मन्जुश्री फाइनान्स, सगरमाथा फाइनान्स, सिद्धार्थ इन्सुरेन्स रहेका छन् ।

यस्तै कैलाश विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, नेको इन्सुरेन्स, सप्तकोशी डेभलपमेन्ट बैंक, ललितपुर फाइनान्स, अपि पावर कम्पनी, कामना विकास बैंक र सेन्ट्रल फाइनान्स रहेका छन् ।

नेरुद्धे लघुवित्त र देवः विकास बैंकले ५० प्रतिशत हकप्रद ल्याउने तयारी गरेका हुन् भने नमस्ते वित्तीय संस्था र नेको इन्सुरेन्सले एक सय प्रतिशत, सिद्धार्थ इन्सुरेन्सले २५ प्रतिशतले ल्याउन लागेको हो । यसैगरी, अपि पावरले दुई सय प्रतिशत हकप्रद ल्याउन अनुमति मागेको छ ।

विशेष गरी राष्ट्र बैंकले चुक्ता पुँजी वृद्धि गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएपछि धेरैले पुँजी बढाउने एउटा गतिलो आधार हकप्रद शेयरलाई बनाउँदा बजारमा यसको चाप बढेको छ ।
प्रकाशित मितिः २०७३ कार्तिक २१

वि.सं.२०७३ कात्तिक २१ आइतवार १३:५५ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...