Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

शनिबार, मंसिर ९ , २०७४  |  
Saturday, November 25, 2017

१६६% हकप्रदमा आवेदन खुल्ला,हेर्नुहोस् कहाँ–कहाँबाट आवेदन दिने ?

July 12, 2017

Share Contract

काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको हकप्रद खुला भएको छ । कम्पनीले बुधबारबाट एक बराबर एक दशमलव ६६६७ को अनुपात अर्थात १६६ प्रतिशत हकप्रद निष्कासन शुरु गरेको हो ।

कम्पनीले चुक्ता पूँजी वृद्धिका लागि सय रुपैयाँ अंकित मूल्यमा ६४ करोड २० लाख रुपैयाँ बराबरको ६४ लाख २० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रदमा आगामी साउन ३१ सम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको हकप्रदमा असार १५ सम्म कायम शेयरधनीले बिक्री प्रबन्धक एनएमबि क्यापिटल नक्साल काठमाडौ तथा एनएमबि बैंकको सूर्य विनायक भक्तपुर, कुमारीपाटी ललितपुर, तीनदोबाटो बनेपा, ट्राफिक चोक बुटवल, महेन्द्रपथ धरान, रंगेलीरोड विराटनगर, सुर्खेतरोड नेपालगञ्ज, बसपार्क रोड धनगढी, न्यूरोड पोखरा, आदर्शनगर वीरगञ्ज, नारायाणगढ चितवन, भानुचोक जनकपुर र बिर्तामोड झापाबाट आवेदन दिन सकिनेछ ।

1 2

प्रकाशित मितिः२०७४ असार २८

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु