काठमाडौ । समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक लिमिटेडले यही भदौ २९ गतेदेखि शतप्रतिशत अर्थात एक बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
बैंकले एक सय रुपैयाँ अंकित मूल्यमा सात करोड २५ लाख रुपैयाँ बराबरको सात लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको छ ।
कात्तिक १ गतेसम्म खुला रहने हकप्रदमा भदौ ८ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन् । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । सानिमा क्यापिटल नक्साल, माइक्रोफाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु, सानिमा बैंकका शाखा कार्यालयहरु धनगढी, नेपालगञ्ज, पोखरा, भैरहवा, नाराणघाट, विरगञ्ज र जनकपुरबाट उक्त हकप्रद भर्न पाइनेछ ।
१० जिल्ला कार्यक्षेत्र भएको समिटको चुक्तापुँजी सात करोड २५ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि बैंकको चुक्तापुँजी १५ करोड ५० लाख रुपैयाँ पुग्नेछ । बैंकले २०७७ मा २७ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी पुर्याउने प्रक्षेपण गरेको छ ।
प्रकाशित मितिः २०७४ भाद्र १६
वि.सं.२०७४ भदौ १६ शुक्रवार ११:१६ मा प्रकाशित