back
NMB ad

तयार बन्नुहोस्, मंसिर १ गतेदेखि २ वित्तीय संस्थाको सेयर खुल्दै

Kumari bank ad

काठमाडौ । मंसिर १ गतेदेखि दुई वटा वित्तीय संस्थाको हकप्रद सेयर खुल्ने भएको छ । जनता बैंक र सेती फाइनान्सले हकप्रद सेयर निष्काशन गर्न लागेका हुन् ।

जनता बैंक नेपालको ५० प्रतिशत हकप्रद
जनता बैंक नेपाल लिमिटेडले मंसिर १ गतेदेखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।

पुस ५ गतेसम्म निष्काशन खुला रहने हकप्रद सेयरमा कात्तिक १० गतेसम्म कायम सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । बैंकको सेयर निष्काशन तथा विक्रि प्रबन्ध एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडले गर्दैछ । जनता बैंकका विभिन्न कार्यालय र विक्रि प्रबन्धक एनसिएम मर्चेन्टमा उक्त हकप्रद सेयरका लागि आवेदन दिन सकिनेछ ।

सेती फाइनान्सको १५० प्रतिशत हकप्रद
सेती फाइनान्स लिमिटेडको १५० प्रतिशत हकप्रद सेयर मंसिर १ गतेबाट निष्काशन हुने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका नौ लाख ५१ हजार ७८६ कित्ता सेयर जारी गर्न लागेको हो । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयर पुस ५ गतेसम्म भर्न पाउनेछन् । कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ । एनआईबिल क्यापिटल, नेपाल इन्भेष्टमेन्ट बैंक र कुमारी बैंक लिमिटेडमा उक्त हकप्रदका लागि आवेदन दिन पाइनेछ ।

प्रकाशित मितिः २०७३ कार्तिक १७

वि.सं.२०७३ कात्तिक १७ बुधवार १४:१४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...