back
NMB ad

अब हकप्रद सेयर र एफपिओमा व्यवस्था परिवर्तन हुने !

Kumari bank ad

काठमाण्डौं । प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरु जलविद्यूत लगायतको हकप्रद तथा फरदर पब्लिक अफरिङ (एफपिओ)  व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गर्ने भएको छ ।

यसका लागि बोर्डले यही सोमबार विज्ञ सहित रहने गरी जलविद्युत लगायतका कम्पनीको हकप्रद तथा एफपिओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सिफारिश गर्न समिति गठन गरेको छ । अहिलेसम्म त्यस्ता कम्पनीहरुको प्राथमिक निश्कासनमा नीतिगत व्यवस्था भएपनि हकप्रद र एफपिओमा कुनै मापदण्ड रहेको छैन ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को नियम ७ को उपनियम ६ मा बैंक, वित्तीय संस्था वा बीमा कम्पनी बाहेकका अन्य सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाहरुले सार्वजनिक निष्काशन गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु उल्लेख छ । तर हकप्रद सेयर निष्काशन तथा फर्दर पब्लिक इस्यू सम्बन्धमा आवश्यक मापदण्ड भने उल्लेख छैन ।

त्यस्ता सूचिकृत संगठित संस्थाहरुले हकप्रद सेयर निष्काशन तथा फर्दर पव्लिक इस्यू मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु तयार गरी हकप्रद सेयर निष्काशन कार्यलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन नीतिगत व्यवस्था गर्न लागिएको पनि बोर्डले जनाएको छ ।

समितिले प्रत्यक्ष नियमनकारी निकाय नभएको सूचिकृत संगठित संस्थाहरुले हकप्रद सेयर निष्काशन तथा फर्दर पव्लिक इस्यू मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था सिफारिश गर्नेछ । यो समितिलाई सुझाव पेश गर्न एक महिनाको समय दिइएकोछ ।

१५ भदौ २०७३, १०।००

वि.सं.२०७३ भदौ १५ बुधवार १०:२० मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...