back
NMB ad

किन भएन समयमा सडक कालोपत्रे ?

Kumari bank ad

खोटाङ । मध्यहाडी लोकमार्ग अन्तर्गत खोटाङको दिक्तेल–हलेसी सडक ३ वर्षअघि देखि कालोपत्रको काम थालिए पनि चाँडो सम्पन्न भएको छैन ।

मङ्गलबार रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा दिक्तेलमा आयोजित सर्वदलीय बैठकले निर्माण सम्बद्ध ठेकेदारलाई सडक कालोपत्रका काम गुणस्तरीय रुपमा चाँडो पूरा गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

सडक कालोपत्रका काममा ठेकेदारले ढिलाइ गरिरहेको र गुणस्तर कायम गर्न नसकेको जनगुनासो आएकाले परामर्शदाता कम्पनी, दलका नेता, प्रशासन, स्थानीय लगायतसँग भएको छलफलबाट ठेकेदारलाई खबरदारी गर्ने निर्णय गरिएको रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालले बताए । करिब रु ७५ करोडको लागतमा सडकको साढे ५ मिटर चौडाइमा कालोपत्र गर्नेगरी २०७१ साउनमा काम थालिएको थियो ।

हलेसी–विजुले, विजुले–हुर्लुङ तथा हुर्लुङ–दिक्तेल गरी तीन खण्डमा विभाजन गरेर कालोपत्रका काम सुरु गरिएको दिक्तेल–हलेसी सडक कालोपत्रका काम औसतमा ५० प्रतिशत मात्र पूरा भएको छ ।

सडक कालोपत्रे गर्न तत्कालीन प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले समेत निर्देशन दिएपनि अझै पुरा हुन सकेको छैन ठेकेदारको ध्यानाकर्षण गराइएको छ ।

प्रकाशित मितिः २०७४ असार २८

वि.सं.२०७४ असार २८ बुधवार ११:१२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...