back
NMB ad

निर्माण व्यवसाय मर्यादित बनाउन सञ्चार जगतको भूमिका महत्वपूर्णः सचिव कार्की

Kumari bank ad

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले निर्माण व्यवसायलाई व्यवस्थित तथा मर्यादित बनाउन सञ्चार जगतको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको साप्ताहिक टेलिभिजन कार्यक्रम निर्माण सरोकार शुभारम्भ समारोहलाई राजधानीमा सम्बोधन गर्दै सचिव कार्कीले वर्तमान युगमा कुनै पनि क्षेत्र सञ्चार जगतबाट अलग रहनै नसक्ने बताएका हुन् ।
निर्माण क्षेत्रमा देखिएका त्रुटिहरुसँगै राम्रा कामहरुलाई पनि सञ्चार माध्यमले उत्तिकै प्राथमिकता दिनुपर्ने सचिव कार्कीको बनाइ छ । मन्त्रालयका सहसचिव तथा निर्माण व्यवसाय प्रवद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष रविन्द्रनाथ श्रेष्ठले निर्माण क्षेत्रमा देखिएका अवरोधहरु सम्बोधन गर्न निर्माण सरोकार कार्यक्रम सफल हुने विश्वास व्यक्त गरे । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनले मुलुकको विकास निर्माणमा व्यवसायीहरुले ठूलो योगदान गरेपनि त्यसको कदर हुन नसकेको गुनासो गरे ।
व्यवसायीहरुबाट पनि कहिले काँही गल्ती हुन सक्ने भन्दै अध्यक्ष गौचनले बिग्रेका सबै कामको भागीदार व्यवसायीहरु मात्र हुन् भन्ने मान्यता गलत भएको बताए । मुलुक निर्माणमा आम व्यवसायीहरु प्रतिबद्ध रहेको भन्दै गौचनले आगामी दिनमा टेलिभिजन कार्यक्रमलाई अझ स्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरे ।
महासंघका पूर्व अध्यक्ष तथा मानार्थ सदस्य जीपछिरिङ लामा शेर्पा, पूर्व अध्यक्ष तथा सल्लाहकारहरु रमेश शर्मा, सुकुन्तलाल हिराचन, यक्षध्वज कार्की, निवर्तमान अध्यक्ष जयराम लामिछाने, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ लगायतले आम सञ्चार माध्यमहरुले निर्माण व्यवसायीहरुको वास्तविक पीडा बुझ्न नसकेको धारणा राखेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठ, डिप्लोमा इन्जिनियर्स एशोसिएसनका अध्यक्ष कामेश्वरप्रसाद सिंह, यातायात व्यवसायी राष्ट्रिय महासंघ नेपालका महासचिव सरोज सिटौला लगायतका वक्ताहरुले आफनै टेलिभिजन कार्यक्रम शुरु गरेर नेपाल निर्माण व्यवसायी महासंघले उत्कृष्ट कामको थालनी गरेको बताए । कार्यक्रम उत्पादन कम्पनी आइसीआइडीका कार्यकारी अध्यक्ष शिव अधिकारीले नेपाली निर्माण क्षेत्रलाई अझ व्यवसायिक तथा प्रतिस्पर्धी बनाउनु कार्यक्रमको लक्ष्य रहेको बताए ।
कार्यक्रम प्रायोजक श्री कान्छाराम कन्स्ट्रक्शन कम्पनी प्रालिका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम) लाई प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट प्रशंसा पत्र प्रदान गरिएको उक्त समारोहमा सचिव कार्की र सहसचिव श्रेष्ठलाई महासंघको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल सरकारका विभिन्न विभागका महानिर्देशक सहित उच्च पदस्थ कर्मचारी, व्यवसायी, बैकर्स, कानून व्यवसायी, पत्रकार लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।
प्रकाशित मितिः २०७४ साउन ५

वि.सं.२०७४ साउन ५ बिहीवार १५:४६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...