back
NMB ad

अप्पर तामाकोसीले रोल्वालिङ खोलाबाट २२ मेगावाट विद्युत उत्पादन गर्ने

Kumari bank ad

दोलखा । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको ‘अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेड’ले रोल्वालिङ खोलाबाट २२ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ । दोलखाको छ्यो रोल्पा हिमतालबाट निस्केको पानी प्रयोग गरी विद्युत उत्पादन प्रक्रिया अघि बढाइएको हो । रिकु र सिमी गाउँमा बाँध निर्माण गरी साढे ६ किलोमिटर सुरुङबाट विद्युतगृहसम्म पानी खसालिनेछ ।

छ्यो रोल्पा हिमताल

विद्युतगृह तामाकोसीको बाँधभन्दा केही माथि निर्माण हुने आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठले बताए । यसअघि उक्त खोलाबाट ल्याइएको पानी तामाकोसीको जलाशयमा मिसाएर १७ करोड युनिट थप विद्युत उत्पादन गर्ने लक्ष्य थियो ।

पछिल्लो योजनाअनुसार पहिला २२ मेगावाटको छुट्टै विद्युतगृह बनाउने र त्यसबाट निस्केको पानी तामाकोसीको जलाशयमा मिसाइनेछ । यसो हुँदा चिलिमे बराबरको आयोजना बन्ने र तामाकोसीमा ऊर्जासमेत थपिने श्रेष्ठले बताए । क्यू४० मा निर्माण हुने आयोजनाको लागत करिब ४ अर्ब रुपैयाँ अनुमान गरिएको छ ।

२०७५ को मध्यतिर सुरु गरेर ४ वर्षमा आयोजना पूरा गर्ने लक्ष्य छ । ‘आगामी एक वर्षभित्र आवश्यक पूर्वाधार तयार हुन्छ,’ उनले भने, ‘अहिले उत्पादन अनुमतिपत्र लिन विद्युत विकास विभागमा आवेदन दिइएको छ ।’

माथिल्लो तामाकोसीको विद्युतगृहबाट निस्केको पानी प्रयोग गरी ८७ मेगावाटको तामाकोसी–५ निर्माणको जिम्मा कम्पनीलाई दिने तयारी थियो । तर, यो आयोजना अहिले नेपाल विद्युत प्राधिकरणले नै अघि बढाएको छ ।

पहुँचमार्गको रूपमा केबलकार बन्ने

रोल्वालिङ आयोजना निर्माण गर्न आवश्यक पहुँचमार्गका रूपमा केबलकार निर्माण गरिने भएको छ । जटिल भौगोलिक अवस्थाका कारण सडक निर्माण असम्भव भएकाले केबलकारको योजना बनाइएको हो ।

तामाकोसीको विद्युतगृह गोंगर छेउ छेदछेदबाट रिकु र सिमी गाउँसम्म २ किलोमिटरको केबलकार निर्माण हुने श्रेष्ठले जानकारी दिए । ‘केबलकार निर्माणको ठेक्का प्रक्रियाअघि बढेको छ, एक वर्षभित्र यसको निर्माण पूरा हुन्छ,’ उनले भने ।

आयोजना निर्माणक्रममा निर्माण सामग्री, उपकरण ढुवानी र कामदार आउजाउ केबलकारबाटै हुनेछ । छेदछेददेखि करिब ६ सय मिटर उचाइ हुँदै केबलकार निर्माण गरिन्छ । आयोजनाको बाँध निर्माणमा आवश्यक ठूला उपकरण भने हेलिकोप्टरबाट ढुवानी गर्ने योजना छ ।

आयोजना निर्माणपछि केबलकार ती गाउँमा आउजाउ गर्ने मार्गका रूपमा प्रयोग हुनेछ । केबलकारकै माध्यमबाट रिकु र सिमी गाउँलाई पर्यटकीयस्थल बनाउन सकिने सम्भावना पनि छ ।
उर्जाखबरबाट

प्रकाशित मितिः २०७४ साउन ५

वि.सं.२०७४ साउन ५ बिहीवार १२:१८ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...