back
NMB ad

३५ हजार व्यवसायको इजाजत नविकरण नहुने : वाणिज्यमन्त्री थकाली

Kumari bank ad

भोको पेट, रित्तो खुट्टा, फाटेको टोपी र मेहनत जीवन यात्रा

जीवनको यात्रा यहाँ सम्म आउँदा ज्यादै कठिनपूर्ण रह्यो । बाहिरबाट देख्दा रोमी गौचन थकालीको राम्रो होटल पनि देखियो होला । बा र आमाले रित्तो खुट्टा हिंड्नुभयो । हामीलाई भेडाको दूध खुवाएर हुन्छ कि चौरीको दूध खुवाएर हुर्काउनुभयो । बाहिरबाट देख्दा मेरा बा आमा पनि सम्पन्न र म सम्पन्न परिवारको छोरोजस्तो देखिन्छु । फाटेको टोपी, रित्तो खुट्टा हिंडेको जुन नेपालीले सहेको दुःख र सामान्य नेपालीले गरेको काम छ त्यो सबै छ । साथै भोको पेट र मेहनत मेरो जीवन यात्रा नै हुन् ।

रत्नपार्कमा भोकै सुत्दा

मैले जीवनमा दाजु बसन्त गौचन लगायतको धेरै माया पाउँदा पाउँदै पनि आफैंले पृथक र कठिन बाटो रोजें । समयक्रम सँगै एक समय आफ्नै विष्णु काका र म रत्नपार्कमा भोको भोको पेट सुतेको छु । यता समुदायको कुरा गर्ने हो भने थकाली समुदाय महिलाहरुको मेहनत, अनुशासन, र उनीहरुको कर्मठ योगदानले यहाँसम्म अगाडि बढेको हो । महिला मेहनती भए भने त्यो परिवार धेरै अगाडि बढ्ने निश्चित छ ।

सबै राज्यसत्ताले थकालीलाई पुजेको…

राणाकाल, पञ्चायतकाल, राजतन्त्र, लोकतन्त्र, गणतन्त्रमा यो सबै अबधिमा प्रत्येक राज्यसत्ताले थकालीहरुलाई पुजेको छ, सम्मान गरेको छ । यो सबै थकालीको मेहनत, सुझबुझ, कुटनीति, इमान्दारीतालाई सम्मान गरेको हो । हामी थकालीले  यो इमान्दारीतालाई जोगाईराख्नु पर्दछ ।

गरिब भएर केहि हुँदैन हरिप हुने कोशिश नगर

थकालीको इमान्दारीताको कसीमा मलाई मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाबा, ठूलोबाबा, मामा लगायत अगुवा पुस्तालाई स्मरण गर्दै बाबाले भन्नुभएको थियो ʽतिमी गरिब भएर केहि पनि हुँदैन तिमी हरिप हुने कोशिश नगर ।ʼ र म बुबालाई सँधै सम्मान गर्दै यही भन्छु ʽबुबा म मा हरिप हुने विचार कहिल्यै पनि नपलाओस् । म इमान्दार हुने कोशिस गर्नेछु । ʼ

आयातमुखी राजश्व लाई आयमा लाग्ने करको अर्थव्यवस्थामा बदल्ने…

आज १२ हजार थकालीको प्रतिनिधित्व गरेको छु होला । तर म त्यसो भन्दिन । करिब ३ करोड नेपाली जनतालाई हेरेर देश संकटमा भएको बेला एकमुठी माटोलाई हातमा लिएर उचित काम गर्नेछु । मेरो बाणिज्य मन्त्रालय हो । योजना दिने अवस्था म सँग छैन होला । तर नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने मन्त्रालय जो मलाई सुम्पिएको छ । देशको नीति र अर्थनीति बनाउँदा व्यापार घाटालाई कसरी कम गर्दै लैजाने, आयात मुखी राजश्व, करले हाम्रो अर्थतन्त्र निर्धारित छ । यसलाई कसरी चाँडो भन्दा चाँडो निर्मुल पार्दै लैजाने र हाम्रो उत्पादन विदेश पठाएर वा स्वदेशमै खपत गरेर हाम्रै उत्पादन बढाएर आयमा लाग्ने करबाट संचालित हुने राज्यव्यवस्था र अर्थव्यवस्थामा पुग्न के गर्न सकिन्छ भन्ने कुरामा अगाडि बढेको छु । म नियुक्ति भएर गईसकेपछि मैले आफ्ना मातहतका सचिव र कर्मचारीलाई स्पष्ट यहि निर्देशन दिएको छु ।

 भेडा चराउने रोमी गौचन

रोमी गौचन थकालीले भेडा चराएकै हो, फेसबुकमा हालेकै छु । पर्यटकलाई खाना सर्भ गरेकै हो फेसबुकमा हालेकै छु । यो मलाई आफ्नो कर्ममा गर्भ लाग्छ । कसले मलाई शुभकामना दियो त्यो महत्वपूर्ण भएन । के गर्दा उद्यमी, व्यापारीलाई सहयोग हुने र व्यापार घाटा कम हुनेछ भन्नेतिर सोचेको छु । नेपालको अर्थतन्त्रलाई बलियो पार्ने तिर सोचेको छु ।

नेपालको माटो हातमा लिएर भारत र चीनसँगको सम्बन्ध

Romi Gaushan Thakali (3)

रोमी गौचन थकाली, वाणिज्यमन्त्री

छिट्टै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण हुँदैछ । निकट भविष्यमा चीनको भ्रमण हुँदैछ । जहाँ जान्छु जे निर्णय गर्ने कोशिष गर्छु । जुन सल्लाह दिन्छु । नेपालको माटोलाई हातमा लिएर मात्रै निर्णय गर्ने प्रतिबद्धतामा अठोट गर्दछु ।

नेपाली उत्पादनलाई क्षेत्रियरुपमा प्रतिष्पर्धि बनाईने

सबै जातीहरु ब्राहमण, नेवार तामाङ, मगर, घर्ती दलित, सबैको बीचमा थकाली जसरी मिलेर बसेको छ । त्यसैगरि चीन बिशाल अर्थतन्त्र भएको देश हो । भारत एउटा फड्को मारिरहेको देश हो । नेपाल भूपरिवेष्ठित देश हो । यी दुई ठूला देशहरुलाई आपसी विश्वासमा लिएर अगाडि बढ्नेछु । कम्तीमा पनि ग्लोबलाइजेसन(विश्वव्यापीकरण)को अबधारणाका आधारमा अन्तर्राष्ट्रियरुपमा प्रतिष्पर्धि हुन नसकेपनि क्षेत्रीयस्तरमा हाम्रा उत्पादन सामानले बजार लिन के निती लिनुपर्छ भनेर सोहस् अनुरुपको नीति एक हप्ताभित्र पेश गर्न निर्देशन दिएको छु । मैले त्यो अठोट लिएको छु ।

व्यापार घाटा न्युनिकरण अहिलेको प्राथमिकता

अहिले देशले सामना गर्नुपरेको सहनै नसक्ने ट्रड डेफिसिट (व्यापार घाटा) न्यूनिकरण गर्नेछु । झट्ट हेर्दा वाणिज्य मन्त्रालय भनेको व्यापार मात्रै गर्ने हो कि भन्ने जस्तो देखिएतापनि अर्काे शब्दमा भन्ने हो भने यो मन्त्रालय आर्थिक कुटनीतिको मन्त्रालय भन्दा हुन्छ । परराष्ट्रका क्षेत्रमा रहेको अनुभवलाई म सँग रहेका ज्ञानहरु प्रयोग गरेर वाणिज्य कुटनीतिमा उद्यमी व्यापारीलाई परेका कठिनाई र उनीहरुलाई गर्नुपर्ने काम र खोल्नुपर्ने ढोकाहरु के के हुन् ? हामीले समायोजन गर्ने कुराहरु के के छन् ? व्यापारी र उद्यमीहरुको चुनौति के हो ? उनीहरुलाई जोखिम के–के छन् ? उनीहरुको अवसर के–के छ ? त्यसबारे गहन अध्ययन गरिन्छ ।

उद्योगी व्यवसायी संस्थाका प्रतिनिधिलाई यसै भेट्दिन

अब उद्योग वाणिज्य महासंघ, चेम्बर अफ कमर्श, नेपाल उद्योग परिसंघ(सिएनआई) लगायत संस्थाका अध्यक्षहरुलाई बोलाउँदा अब मन्त्री ज्यूले भेट्न बोलाउनुभएको छ भन्ने होइन । तपाईलाई मन्त्रीज्यूले यो यो विषय सोध्न चाहनुभएको छ र यो यो बुँदामा अपडेट भएर आउनुस् भन्नेछु । व्यापारीहरुको चुनौति के हो ? २०४६ सालपछि खुल्ला अर्थव्यवस्थामा गईसकेपछिका अनुभवहरु के–के हुन् ? राज्यले अपनाउनुपर्ने नीतिहरु के–के हुन् ? सफ्टा, डब्लुटिओ र बिमस्टेकको अबधारणामा नेपालको भूमिका के भईरहेको छ ? डब्लुटिओको अबधारणामा गईसकेपछि विश्वव्यापीरुपमा प्रतिष्पर्धा गर्नसक्ने क्षेत्रहरु के–के हुन् ? संस्थाका अध्यक्ष एवं पदाधिकारीलाई अपडेट हुनुहोस् भन्नेछु ।

चिनी उद्योग बढ्ने उखु किसानले पैसा नपाउने किन ?

मेरो विचारमा कृषि उत्पादन, उर्जा, जडिबुटी लगायत वस्तुहरु जुन बिदेश पठाउन सकिन्छ ति विषयमा एउटा अध्ययन टोलि तुरुन्तै गठन गरिनेछ । चिनी उद्योग बढ्दै गएका छन् । तर किसानले किन पैसा पाईरहेका छैनन् ? झण्डै २ अर्ब बराबरको चिनी किन आयात भईरहेको छ ? चाडपर्वमा वर्षेनी गुलियो पदार्थको अभाव किन देखिन्छ यसलाई खोज्नेछु ।

थकालीको कर्पाेरेट बिजनेसमा लगानी

इमान्दारीताका साथ अहिले देखिएका व्यापार घाटालाई कम गर्न लाग्नेछु । र  स्वाबलम्बनतिर जान कस्तो आर्थिक नीति लिनुपर्छ भनेर अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोग लाई सही सुझाव दिनेछु । एउटा कार्यक्रममा म आफैं अध्यक्ष भएको हुनाले जिम्मेवारीपूर्वक काम गर्नु हाम्रालागि चुनौति छ । अहिले हामी थकालीहरु ५ लाख जम्मा गर्न नसक्ने कोहि छैनन् । त्यसैले मिलेर कर्पाेरेट बिजनेसमा लगानी गर्नुस, अर्थतन्त्रलाई सहयोग गर्नुस् भन्न चाहन्छु ।

३५ हजार व्यवसायीको इजाजत नविकरण नहुने

करिब ३५ हजार व्यवसायीहरुको इजाजतपत्रहरु समय सक्किएकोले नविकरण नहुने अवस्थामा छन् । ती कम्पनी होईनन् ,फर्म टाईपका ३० देखि ३५ हजारको हाराहारीमा छन् । अब उद्योग मन्त्रालयमार्फत वाणिज्य मन्त्रालयले स्पष्ट राय दिएर कानुन मन्त्रालयको सल्लाहमा ३० देखि ३५ हजारका इजाजतहरु सायद पहिलो अथवा दोस्रो क्याबिनेटले निर्णय गरेर २०७४ साल मसान्तसम्म नविकरण गर्न भन्नेछौं । दस्तुर लिई, जरिवाना लिई नविकरण गर्दा राजश्व पनि बढ्ने, ती फर्महरुको पनि उद्धार हुने भएको हुनाले मलाई लाग्छ नेपालका ३० देखि ३५ हजार व्यवसायीका इजाजत नविकरण हुने अवस्थामा पुगेको छ । मलाई लाग्छ यसले पनि ठूलै राहत मिल्नेछ । केहि गर्न खोजेका र मन्त्रालयमा गएका हौं । केहि गरिन्छ । झण्डा हल्लाउने मात्र होईन, झण्डा र टोपीको सम्मान गर्नेछु ।

Romi Gaushan Thakali (1)

(थकाली सेवा समिति नेपाल केन्द्र र थकाली सेवा समिति काठमाडौ क्षेत्रको बधाई तथा शुभकामना कार्यक्रममा वाणिज्यमन्त्री थकालीले राखेको मन्तव्यको सम्पादित अंश)

प्रकाशित मितिः २०६२ भदौ १६

वि.सं.२०७३ भदौ १६ बिहीवार १४:४७ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...