back
NMB ad

रोनाल्डोले गरे ७० गोल, नयाँ कीर्तिमान तर्फ अगाडि !

Kumari bank ad

पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका छन् । विश्वकप २०१८ को छनौट अन्तर्गत शनिबार राति हंगेरीसँगको खेलमा दुई गोल गर्दै रोनाल्डोले राष्ट्रिय टिमबाट ७० गोल गरेका हुन् ।

३–० को जित निकाल्ने क्रममा ३६ औं मिनेट गरेको गोल राष्ट्रिय टिमबाट रोनाल्डोको ६९ तथा ६५ औं मिनेटमा फ्रि किकमार्फत ३० यार्ड परबाट गरेको गोल उनले खेलजीवनमा पोर्चुगलका लागि गरेको ७० औं गोल बन्यो । उनले एक सय ३७ खेलमा ७० औं गोल गरेका हुन् । योसँगै रोनाल्डो युरोपका देशमा राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा चौथो स्थानमा उक्लिएका छन् ।

राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने युरोपका खेलाडीको सूचिको शीर्ष स्थानमा हंगेरी र स्पेनबाट ८९ खेलमा ८४ गोल गरेका फेरेन्स पुस्कास रहेका छन् । दोस्रो स्थानमा रहेका हंगेरीका सान्डोर कोसिसले ६८ खेलमा ७५ तथा तेस्रो स्थानमा रहेका जर्मनीका मिरोसलाभ क्लोसले १३७ खेलमा ७१ गोल गरेका छन् । रोनाल्डोले ६२ खेलमा ६८ गोल गरेका वेष्ट जर्मनीका गेर्ड मुलरलाई पछि पार्दै चौथो स्थानमा उक्लिएका हुन् । पोर्चुगलका सर्वाधिक गोलकर्ता रोनाल्डोले रोनाल्डोले युरोपियन क्षेत्रको छनौटको लगातार चौथो खेलमा गोल गरेका हुन् ।

गएको वर्ष भएको युरोपकको क्रममा हंगेरीसँगको खेलमा रोनाल्डोल दुई गोल नै गरेका थिए । उनको दुई गोलको सहयोगले पोर्चुगलले हंगेरीलाई ३–३ को बराबरीमा रोक्दै अन्तिम १६ मा स्थान बनाएको थियो । विश्वकप छनौट अन्तर्गत पनि रोनाल्डोले हंगेरी विरुद्ध दुई गोल नै गरे ।

प्रकाशित मितिः २०७३ चैत १३

वि.सं.२०७३ चैत १३ आइतवार १२:०३ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...