back
NMB ad

कृषि पर्यटनको विकासका लागि रोपाइँ महोत्सव हुँदै

Kumari bank ad

पोखरा । कृषि पर्यटनको विकास र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले पोखरामाअसारे रोपाइँ महोत्सव हुँदै छ । पर्यटन परिषद्द्वारा विगत १३ वर्षयता सञ्चालन गर्दै आइएको असारे रोपाइँ महोत्सवको १४ औँ संस्करण यस वर्ष पोखराको बाटुलेचौरमा हनलागेको हो ।

नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ असार १५ गते महोत्सवको आयोजना गँरिदै छ । स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेँसी फाँटस्थित आठ रोपनी क्षेत्रफलको खेतमा महोत्सव गर्न लागिएको हो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माका अनुसार कृषि प्रधान देश नेपालमा बढ्दो कृषि पर्यटनको विकास र कृषि संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सवलाई निरन्तरता दिइँदै आइएको छ ।

“सहरीकरणको बढ्दो क्रमसँगै कृषिप्रतिको अनिच्छालाई न्यूनीकरण गर्दै कृषि संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि महोत्सवको आयोजना गरिएको हो,” उनले भने , “जिजुबाजेका पालादेखि नै प्रत्येक वर्षको असार १५ गते खले गरा(सबैभन्दा फराकिलो दाइँ गर्न सकिने खेत)मा रोपाइँ गर्ने हाम्रो प्राचीन संस्कृति पनि हो ।”

पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले मानो रोपेर मुरी उब्जाउने समयका रुपमा असारे रोपाइँलाई लिने गरिएको बताउँदै पछिल्लो पुस्तामा कृषिप्रतिको आकर्षण बढाउने उद्देश्यले पनि पोखरामा रोपाइँ महोत्सव सञ्चालन गर्दै आइएको जानकारी दिए ।

महोत्सवमा स्वदेशी एवम् विदेशी गरी लगभग ३० हजार पर्यटक सहभागी हुने अनुमान गरिएको उनले जानकारी दिए ।

महोत्सवका संयोेजक नवराज अधिकारीले महोत्सवका क्रममा हलगोरुको दौड, विभिन्न आमा समूहबीच असारे गीत तथा रोपाइँ प्रतियोगिता, माछा समात्ने, हिले दौड, रस्सा कस्सी, कृषक सम्मान कार्यक्रम राखिएको जानकारी दिए।

महोत्सवको व्यवस्थापनका लागि रु १४ लाख ५० हजार लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मितिः २०७४ असार ५

वि.सं.२०७४ असार ५ सोमवार ०७:२६ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...