back
NMB ad

राणाकालीन समयमा निर्मित ध्रुव दरबारमा ढिंडो खाने कि ?

Kumari bank ad

काठमाडौ । राणाकालीन समयमा निर्मित दरबार तथा भवन जीर्ण बनिरहेका छन् । झन् विनाशकारी भूकम्पले यस्ता भवनलाई जीर्णोद्वारमै समस्या आउने गरी थिलथिलो बनाइदियो ।

अर्कातर्फ, ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रुपमा रहेका जीवन्त पुरातात्विक महत्व बोकेका राणाकालीन भवनलाई मर्मत तथा जीर्णोद्वार गरी आकर्षक नेपाली मौलक शैलीका होटलका रुपमा रुपान्तरण हुन थालेका छन् ।

तत्कालीन श्री ३ महाराजा जुद्धशम्शेर जबराले बालुवाटारस्थित गैरीधारामा निर्माण गरेका दरबारलाई अहिले आकर्षक शैलीमा जीर्णोद्वार भई रोयल एम्पाएर होटलका रुपमा स्वदेशी तथा विदेशी पाहुनालाई आतिथ्यता दिन थालेको छ । युवा व्यवसायी एवं होटलका कार्यकारी निर्देशक क्षितिज मुनकर्मीले १५ वर्षका लागि सो दरबार भाडामा लिई रु सात करोड लगानीमा जीर्णोद्वार गरी होटल सञ्चालनमा ल्याएको जानकारी दिए ।

करिब चार रोपनी जमिनमा फैलिएको सो दरबार होटलका रुपमा पुनर्जीवन प्राप्त गरे पनि यसको कलात्मकता र मौलिक सुन्दरतामा कुनै कमी आएको छैन । जुद्धशम्शेरले सो दरबार आफ्ना छोरो ध्रुवशम्शेरलाई दिएको हुनाले सो दरबारको नाम नै ध्रुव रहेको थियो । ध्रुवशम्शेर जबराका छोरा मनोहरशम्शेर जबरा हुँदै हाल अमरशम्शेर जबराबाट दरबार भाडामा लिइएको उनले जानकारी दिए ।

सिंहदरबार, बागदरबार, केशरमहल, श्रीमहलभन्दा भिन्न आकृति र प्रकृतिको सो दरबार रहेको छ । होटलको भूइँ तला, पहिलो र दोस्रो तलामा गरी १५ वटा सुविधासम्पन्न पाहुना कोठा रहेका छन् । यसका साथै करिब २०० जनाको सहभागिता हुने सभाहल तथा अन्य स–साना बैठक कक्षसमेत रहेका छन् । पाहुना रहने कोठा १५० डलरदेखि ३५० डलरसम्मका रहेका छन् ।

नेपाली जनजीवनका जिब्रोमा स्वादिष्ट बनेका विभिन्न खाना ढिँडोदेखि कालो धान भात, परम्परागत थकाली, नेवारीका परिकार भान्सामा बन्ने छन् । साथै भारतीय, चिनियाँ, इटालियन तथा कन्टिनेन्टलको सुविधा रहेको कार्यकारी निर्देशक मुनकर्मीले जानकारी दिए । बेलायतमा व्यवस्थापन संकायमा उच्च शिक्षा हासिल गरी स्वदेशमा नै केही गरौं भन्ने उत्साहका साथ पर्यटन क्षेत्रमा होमिएका युवा व्यवसायी मुनकर्मी भन्छन्, “विदेशी पाहुना यहाँका जीवन्त संस्कृति, दरबार, कलादेखि हिमालको अनुपम सुन्दरताको आनन्द लिन आउँछन्, यसलाई संरक्षण गर्न आफूले पुराना दरबार संरक्षण गरी नयाँ कामको सुरुवात् गरेको हुँ ।”

घोडचढी, स्टिम, ज्याकुजीलगायत धेरै सुविधा होटलका थप आकर्षक रहेका छन् । रेस्टुरेन्ट, बार, साउना, ज्याकुजी, स्टिम, घोडचढीलगायतका करिब दुई दर्जन सेवा सुविधा उपलब्ध छन् । दरबारको भित्री कोठा तथा बाहिरी भागलाई जस्ताको त्यस्तै दरबारकै शैलीमा बनाइएको छ । गत शनिबारदेखि सञ्चालनमा आएको सो होटलको सुविधा लिन स्वदेशी तथा विदेशीको माग बढेको कार्यकारी निर्देशक मुनकर्मीले बताए ।

केही वर्षअघि बबरमहलस्थित बबरशमशेरको दरवार बबरमहललाई पनि जीर्णोद्वार गरी बबरमहल रिभिजिटेडको रुपमा होटेल तथा रेष्टुरेण्ट सञ्चालन गरिएको छ । रासस

प्रकाशित मितिः२०७४ कार्तिक २०

वि.सं.२०७४ कात्तिक २० सोमवार १३:३६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...