back
NMB ad

रोयल इनफिल्ड ट्रेजर हन्ड राइड सम्पन्न (फोटो सहित)

Kumari bank ad

काठमाडौं । नेपालको औधोगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुपको विवेक अटोमोवाइलस् प्रा.लि.ले आयोजना गरेको ‘रोयल इनफिल्ड ट्रेजर हन्ट राइड’ सम्पन्न भएको छ । उतm राइडमा १०५ वटा रोयल इनफिल्डका राइडरहरुले सहभागीता जनाएका थिए । ट्रेजर हन्ट राइड बालाजु सोरुम बाट प्रारम्भ भई बालाजु चौक, नयाँ बजार, लैनचौर, केशर महल, दरबारमार्ग, घण्टाघर, भद्रकाली, शहिद गेट, आर.एन.एसी, वीर हष्पिटल, जमल, कान्तिपथ, दरबारमार्ग, जयनेपाल, नागपोखरी, नारायणचौर, प्रहरि हेडक्वाटर नक्साल, नक्साल भगवती बहाल, ज्ञानेश्वर, गौशाला, एयरपोर्ट, तिनकुने, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठठघर, नयाँ ठिमी, राधे–राधे, सल्लाधारी, सुर्यविनायक हुँदै पाइलट बाबा पुगेर सम्पन्न भयो । एम भी दुगड ग्रुपका अध्यक्ष मोती लाल दुगड, उपाध्यक्ष विवेक दुगड र रोयल इनफिल्डका हेड अफ अपरेसन मेघराज पौडयाल द्वारा राइडको शुभारम्भ भएको थियो । उक्त प्रतियोगितामा राइडहरुलाई टे«जर हन्ट, स्लो रेस प्रतियोगिता र रोयल इनफिल्ड पुस कम्पिटिसन आयोजना गरिएको थियो ।

Hunt Ride 11
ट्रेजर हन्टमा १०५ जनाले सहभागिता जएकोमा सनवीर गुरुङ प्रथम, प्रशन्न घिमिरे दोस्रो र राजेश श्रेष्ठले तेस्रो स्थान हासिल गरे ।

Hunt Ride 12
त्यस्तै स्लो रेस प्रतियोगितामा ३५ जनाले सहभागिता जनाएकोमा शुशान्त राज गिरी प्रथम, रमेश अवाले दोस्रो र शोभन दास श्रेष्ठले तेस्रो स्थान हात पारे ।

Hunt Ride 13
त्यस्तै अर्को रोयल इनफिल्ड पुस कम्पिटिसनमा ३० जनाले सहभागिता जनाएका थिए । अनिल धिताल प्रथम, रमन बस्नेत दोस्रो र निर्मल लामा तेस्रो भए ।

Hunt Ride 15
सोही कार्यक्रममा नेपालमा पहिलो पटक रोयल इनफिल्डबाट मोटरसाइकल स्टन्ड सो समेत प्रदर्शन गरिएको थियो । नेपालका प्रोफेशनल राइडर दिपेश श्रेष्ठको नेतृत्वमा स्टन्ड सो देखाइएको थियो । प्रतियोगितामा विजयी राइडरहरुलाई प्रमुख अतिथी नेपाल टुरिजम वोर्डका सदस्य कृष्ण कुमार अर्याल, नेपाल टुरिजम वोर्डका एक्टिङ डाइरेक्टर शुसिल शर्मा, रोयल इनफिल्ड नेपालका हेड अफ अप्रेशन मेघराज पौडेलद्वारा प्रमाण पत्र ट्रफि तथा गिफ्ट  ह्याम्पर प्रदान गरिएको थियो । विजयी राइडरहरुलाई प्रमुख अतिथि अर्यालले बधाइ तथा शुभकामना दिएका थिए ।

Hunt Ride

Hunt Ride 10 Hunt Ride 9 Hunt Ride 8 Hunt Ride 7 Hunt Ride 6 Hunt Ride 5 Hunt Ride 4 Hunt Ride 3 Hunt Ride 2१३ पुस २०७३

वि.सं.२०७३ पुस १३ बुधवार १०:५३ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...