back
NMB ad

राप्रपाद्धारा सरकार छाड्ने संकेत

Kumari bank ad

दाङ । राप्रपाका अध्यक्ष एवं उप–प्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगलाई आफ्नो निर्णय पुर्नंविचार गर्न आग्रह गरेका छन् ।

रिपोटर्स क्लव दाङले दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले निर्वाचन आयोगले राप्रपाको विधानवाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई अराजनैतिक र असंवैधानिक कार्य भनि विरोध गरेका हुन । उनले भनेका थिए ‘ हामी निर्वाचन आयोगको एक पक्षिय निर्णय कुनैपनि हालतमा स्वीकार्ने पक्षमा छैनौं । त्यो निर्णय पुर्नंविचार नभएर जस्तो सुकै कठोर निर्णयगर्न बाध्य हुनेछौं।’

उप–प्रधानमन्त्री थापाले आफुहरुको माग सम्वोधन नभएको खण्डमा सरकार र निर्वाचन दुबैमा सहभागि नहुने संकेत गरेका थिए । कार्यक्रमका थापाले कुनैपनि पार्टीको विचारलाई निषेध गर्न नहुने धारणा राखेका उनले त्यसले पार्टीको सिद्धान्त र विचार समाप्त हुने धारणा राखेका थिए । ‘ धेरै कम्यूनिष्ट पार्टीले अहिले पनि साम्यवाद, जनवाद, जनगणतन्त्र जस्ता मान्यता बोकेका छन् के यि मान्यता संविधान अनुकल छन् ।’ थापाले चेतावनीको शैलिमा भनेका थिए ‘ एमाले र मधेसी मोर्चालाई जस्तै गरि राप्रपालाई पनि आन्दोलनमा धकेल्ने खेल भए त्यसले निर्वाचनको माहोल थप धमिल्याउने छ ।’ तर उनले राप्रपा मन, वचन र कर्मले निर्वाचनको पक्षमा प्रतिवद्ध रहेको भन्दै घोषित मिति मै निर्वाचन हुनेमा आशंका व्यक्त नगर्न आग्रह पनि गरेका थिए ।

उनले मधेसी मोर्चापनि निर्वाचनमा आउने वातावरण सुनिश्चित हुन्छ भने निर्वाचनको मिति केही सार्दैमा वा दुई चरणमा निर्वाचन गर्दैमा कुनै फरक नपर्ने धारणा पनि व्यक्त गरेका थिए ।

राप्रपाका अर्का  एक नेताले बताएअनुसार आफ्नो माग सम्बोधन नभएमा बैशाख ८ गते निर्णय गरेर राप्रपा सरकारबाट बाहिरिंदैछ ।

प्रकाशित मितिः २०७३ बैशाख ६

वि.सं.२०७४ वैशाख ६ बुधवार १०:०९ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...