काठमाडौं । हकप्रदमा अवितरित संस्थापक तथा साधारणगरी झण्डै दुई लाख कित्ता सेयरको लिलामी खुलेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको आरएसडीसी लघुवित्तको एक लाख दुई हजार ६८० कित्ता संस्थापक र ९३ हजार २७ कित्ता साधारण सेयर गरि कुल एक लाख ९५ हजार ७०७ कित्ता सेयर लिलामीमा राखिएको हो ।
यही पुस ११ गतेदेखि १८ गतेसम्म आवेदन गर्न सकिने लिलामी सेयरको बिक्री प्रबन्धक एनआइबिल क्यापिटल मार्केट रहेको छ । एनआईबिल क्यापिटल लाजिम्पाट, शाखा कार्यालय लगनखेल र चिप्लेढुङ्गा पोखरा तथा आरएसडिसीको कार्यालय बुटवल तथा नेपाल इन्भेष्टमेष्ट बैंकको शाखाहरु विराटनगर, वीरगञ्ज, सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट लिलामीमा आवेदन गर्ने व्यवस्था रहेको छ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी मूल्य अंकित गरि शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । हाल दोस्रो बजारमा यो कम्पनीको सेयर प्रतिकित्ता १२३९ रुपैयाँको हाराहारीमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : ११ पुस २०७४
वि.सं.२०७४ पुस ११ मंगलवार ०९:४३ मा प्रकाशित