काठमाण्डौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको आज सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्जले मंगलबार आरएसडीसीको १५ प्रतिशत बोनसपछिको सेयरमूल्य समायोजन गरेको हो ।
नेप्सेले कम्पनीको प्रतिकित्ता सेयरमूल्य ६ सय ६३ रुपैयाँ तोकेको छ । यसको आधार मूल्य भने ३ सय ८२ रुपैयाँ रहेको छ । बोनस पारित गर्न कम्पनीले चैत १२ गते साधारणसभा बोलाएको छ । जसका लागि चैत एक गतेदेखि चैत १२ गतेसम्म कम्पनीको सेयरधनी दर्ता पुस्तिका बन्द रहनेछ ।
कम्पनीले बोनसपछि कायम पूँजीमा ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव साधारणसभामा लैजादैछ । हाल आरएसडीसीको चुक्ता पुँजी दश करोड रुपैयाँ छ भने रिजर्भ कोषमा तीन करोड ५३ लाख ४६ हजार रुपैयाँ छ ।
१ चैत २०७३, ११।००
वि.सं.२०७३ चैत १ मंगलवार १२:३१ मा प्रकाशित