back
NMB ad

कतै २००% यो हकप्रद भर्न छुटाउनु त भएन ? आजै भर्नाेस्,त्यसपछि पाउनुहुनेछ १३% बोनस !

Kumari bank ad

काठमाडौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको २०० प्रतिशत हकप्रद भर्ने सोमबार (कात्तिक २०) गते अन्तिम दिन हो । १ः२ अनुपातको यो हकप्रद सोमबार कार्यालय समय अबधिभित्रमा भरिसक्नुपर्नेछ ।

कम्पनीले असोज २ गतेदेखि कात्तिक ५ गतेसम्मका लागि हकप्रद सेयर बिक्री खुला गरेको थियो । तर यो अवधिमा दसैैंको लामो विदा परेकाले म्याद थप गरी कात्तिक २० गतेसम्म आवेदन दिन मिल्ने बनाएको हो ।

आरएसडीसीले १०० रुपैयाँ अंकित मूल्यको २३ लाख २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो । यसमा भदौ १५ गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धकको का एनआइबीएल क्यापिटल मार्केट्सले गरेको छ । मार्केट्सको कार्यालय लाजिम्पाट, काठमाडौ तथा आरएसडीसी लघुवित्त वित्तीय संस्थाको कालिकानगर–१२, बुटवल कार्यालयबाट हकप्रद भर्न सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको काठमाडौ उपत्यका बाहिरका सम्पूर्ण शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ ।

यस्तै आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १३ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले कर तिर्न ०.६८ प्रतिशत नगद लाभांश पनि दिने प्रस्ताव पनि गरेको छ । आरएसडीसीले आर्थिक वर्ष २०७३–७४ को सञ्चित मुनाफाबाट २०७४ असार मसान्तसम्म कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले बोनस सेयर दिन लागेको हो । कम्पनीको असोज ७ मा बसेको सञ्चालक समिति बैठकले यस्तो निर्णय गरेको थियो । उक्त प्रयोजनको लागि कम्पनिले कार्तिक २४ गतेदेखि पुन बुक क्लोज गर्दैछ ।

प्रकाशित मितिः२०७४ कार्तिक २०

वि.सं.२०७४ कात्तिक २० सोमवार १२:०३ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...