back
NMB ad

७५५ अमेरिकी कुटनीति कर्मचारीलाई रुस छोड्न राष्ट्रपति पुटिनको आदेश

Kumari bank ad

अमेरिकाले रुसमाथि नयाँ प्रतिबन्ध लागएपछि दुई देशबिचको सम्बन्धमा थप तनाव उत्पन्न भएको छ । अमेरिकाले मस्कोमाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरे लगतै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोमा रहेका अमेरिकी कुटनीतिकज्ञलाई देश छाड्न आदेश दिएका छन् ।

अमेरिकी कुटनीतिक मिसनका सात सय ५५ जनाले रुस छोड्नु पर्ने पुटिनले घोषणा गरेका हुन् । ती सबै अमेरिकी अधिकारीले आउँदो सेप्टेम्बर १ सम्ममा रुस छोड्नु पर्नेछ । सात सय ५५ कुटनीतिज्ञले छाडेपछि रुसमा अमेरिकी कुटनीतिक कर्मचारीको संख्या चार सय ५५ हुनेछ ।

अमेरिकाको वासिङटनमा रुसी कुटनीतिक कर्मचारीको संख्या पनि चार सय ५५ नै छ । आधुनिक समयमा कुनै पनि देशबाट फिर्ता पठाइएका कुटनीतिक अधिकारीको यो संख्या अहिलेसम्मकै उच्च रहेको बिबिसीले जनाएको छ ।

अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि रुस र अमेरिकाको सम्बन्धमा सुधार आउने अपेक्षा गरिएको थियो । तर अमेरिकी तल्लो तथा माथिल्लो सदनले रुसमाथि नयाँ प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेपछि दुई देशबिचको सम्बन्धमा थप कटुता आएको हो । रुसमाथि गएको वर्ष भएको अमेरिकी राष्ट्रपतीय चुनावमा ट्रम्पलाई जिताउने गरी प्रभावित गरेको आरोप छ । तर रुस तथा ट्रम्पले यो आरोप अस्वीकार गर्दै आएका छन् ।

प्रकाशित मितिः २०७४ साउन १७

वि.सं.२०७४ साउन १७ मंगलवार ११:३३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...