back
NMB ad

रुसी खेलाडीको अतिरिक्त डोपिङ परीक्षण

Kumari bank ad

विश्व फुटबलको प्रशासकीय निकाय फिफाले सन् २०१४ को विश्वकप फुटबल खेल्ने रुसी खेलाडीको अतिरिक्त डोपिङ परीक्षण गरिएको फिफाका पूर्व अधिकारीले बताएका छन् । फिफाको चिकित्सा विभागका पूर्व प्रमुख जिरी डिभोराकले विश्वकप पूर्व रुसी खेलाडीले प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरे नगरेको बारेमा अतिरिक्त परीक्षण गरिएको र त्यसमा रुसी खेलाडी दोषी नपाइएको डिभोराकको भनाई छ । परीक्षण सहि रहेको र रुसी खेलाडी डोपिङमा दोषी नभेटिएको डिभोराकले बताए ।

तर फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले भने रुसका खेलाडीले सरकारी सहयोगमा नै प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको भन्ने आरोपका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका छन् । फुटबलसहित कम्तिमा ३० खेलका खेलाडीले रुसी सरकारको सहयोगमा प्रतिबन्धित शक्तिवर्धक औषधि प्रयोग गरेको प्रतिवेदन यसअघि नै सार्वजनिक भएको छ ।
सन् २०११ देखि २०१५ सम्ममा संकलन गरिएको एक हजार खेलाडीको नमुनाको परीक्षणको क्रममा यस्तो देखिएको म्याकलरेन प्रतिवेदनमा दाबी गरिएको छ । सन् २०१४ को विश्वकप फुटबलमा सहभागी भएको रुसी टिमका खेलाडी पनि यसमा सहभागी रहेको आरोप लागेको छ ।

फिफाले भने कुनै पनि खेलाडी डोपिङ परीक्षणमा असफल नभएको जनाएको छ । तर अहिले पनि आफूहरुले यस विषयमा अनुसन्धान गरिहेको फिफाको भनाई छ । रुसमा आउँदो वर्ष विश्वकप फुटबल हुँदैछ । अहिले त्यहाँ कनफेडेरेशन कप फुटबल भइरहेको छ ।

प्रकाशित मितिः २०७४ असार १८

वि.सं.२०७४ असार १८ आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:०५

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १४:५६

चौतारा (सिन्धुपाल्चोक), ६ वैशाखः चालु आर्थिक वर्षको नौ महिनामा तातोपानी...

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १३:२९

क्यानबेरा(अष्ट्रेलिया),६ वैशाख : पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी...