Your service title

Give us a brief description of the service that you are promoting. Try keep it short so that it is easy for people to scan your page.

मंगलबार, श्रावण १० , २०७४  |  
Tuesday, July 25, 2017

दलका कार्यकताले पार्टीको मात्र नारा लाए, देशको नारा हामीले लगायौं ‘नेपाल जिन्दाबाद’

March 1, 2016

Untitled-7

काठमाडौं । छोटो समयमै गायन क्षेत्रमा छुट्टै परिचय बनाएका गायक सविन लामाले आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
‘नेपाल जिन्दाबाद…’ बोलको गीतलाई उनले म्युजिक भिडियोमा ल्याएका हुन् ।

लामाले केही समयअघि मात्र उनले ‘हे गोरी’ को एक भिडियो रिलिज गरेका थिए । लामाको पहिलो एल्बम ‘सानो पाईला’मा समावेश ६ वटा गीत मध्ये यी दुई गीतको भिडियो युटुभमार्फत सार्वजनिक गरेका हुन् । सम्बोज मल्लको शब्द/संगित रहेको उक्त भिडियोेलाई सुमन लामाले निर्देशन गरेका हुन् । अभिसेक श्रेष्ठ र रितेस श्रेष्ठले छायाँकन् गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

गीत राष्ट्रिय भावनाले ओत प्रोत रहको गायक लामा बताउँछन् । गायक लामा भन्छन्, ‘राजनीतिक दलको नेता तथा कार्यकताले दल वा संगठनको मात्र नारा लगाउन थाले । नेपालको नारा कसैले लगाएनन् । गीत मार्फत नेपालको ना लगाएका छौं ।’

धादिङको महादेवबेसीमा जन्मिएका लामाले हाल सम्म १३ वटा गितमा आवाज दिएका छन् ।

भिडियो हेर्नुस् :

यसमा तपाइको बिचार

इमेल गोप्य राखिनेछ



सम्बन्धित शीर्षकहरु